काठमाडौं,माघ ४ । इन्डियन आयल कर्पोरेसनले आइतबार पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्दैछ। नेपालमा लामो नाकावन्दी पछि अभाव भैरहेको तेलको मूल्य झण्डै पाँच महिनापछि घटाउन लागेको हो । आइओसीबाट नयाँ रेट आएपछि आज मुल्य समायोजन गर्न लागेको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए। निगमले २०७१ असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारको मुल्यको आधारमा हरेक १५ दिनमा नेपालमा तेलको भाउ निर्धारण गर्ने गरी स्वचालित मुल्य प्रणाली सञ्चालनमा ल्याएको थियो।
तर भदौ १५ पछि अहिलेसम्म मुल्य समायोजन भएको छैन। त्यस्तै नेपाल आयल निगमले यही बुधवार, शुक्रबार र सोमबार गरी तीन दिन निजी मोटरसाइकललाई तेल दिने भएको छ। निगमले कोटा प्रणालीमा एक मोटरसाइकललाई ५ लिटर तेल दिन लागेको निगम प्रवक्ता मकुन्द घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार बुधबार १ देखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० लट र सोमबार ५१ देखि माथिका लटका मोटरसाइकलले तेल पाउने छन्।निगमले तेल वितरण गर्ने पम्पमा अघिलो दिनमै तेल पठाउने र तेल वितरण विहान ९ बजेबाट नै हुने जनाएको छ।
No comments:
Post a Comment