काठमाडौं,माघ ४ । नेपाल आयल निगमको मुख्य भण्डारण डिपो थानकोटमा स्टोरेज क्षमता भरिएको छ। डिपो भरिएपछि तेलको ट्यांकरहरु सिधै पम्ममा पठाउने तयारी गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए । स्टोरेज क्षमता भरिएकाले अब निगमले कोटा प्रणालीमा एक मोटरसाइकललाई ५ लिटर तेल दिन लागेको छ ।
बुधबार १ देखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० लट र सोमबार ५१ देखि माथिका लटका मोटरसाइकलले तेल पाउने छन्।निगमले तेल वितरण गर्ने पम्पमा अघिलो दिनमै तेल पठाउने र तेल वितरण विहान ९ बजेबाट नै हुने जनाएको छ।
No comments:
Post a Comment