Monday, January 18, 2016

कर्मचारी पन्छाउँदै एनजिओलाई काम दिँदै पुनर्निर्माण प्राधिकरण

काठमाडौं,माघ ५ । पुनर्निर्माण प्राधिकरणले सरकारी संयन्त्र र स्रोतसाधन लत्याउँदै भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी कामका लागि सर्भे, निरीक्षण, निर्माण र जनशक्ति व्यवस्थापन जिम्मा गैरसरकारी संस्थालाई दिन सुरु गरेको छ।

विभिन्न सरकारी निकायमा उपलब्ध जनशक्ति र स्रोतसाधन बेवास्ता गर्दै प्राधिकरणले पुनर्निमाणको काममा कर्मचारी नियुक्ति, तालिम, व्यवस्थापन लगायत जिम्मा गैरसरकारी संस्थालाई दिन थालेको हो।

कामै नगरी चौरमा घाम तापेर जागिर पकाउने प्रवृत्ति निरुत्साहित गरी उनीहरुलाई पर्याप्त काममा लगाउनुको साटो प्राधिकरणले क्षतिग्रस्त घर भवन सर्भे, सामाजिक परिचालक व्यवस्थापन र पुनर्निर्माणको खाका बनाउने लगायत महत्वपूर्ण काम आउट सोर्सिङ मार्फतथ सुरु गरेको हो। नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts