Monday, January 18, 2016

जागिरको प्रलोभनमा सामूहिक बलात्कार

काठमाडौं,माघ ५ । जागिरको सपनामा काठमाडौं छिरेकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । चिनजानकी दिदीको सहयोगमा धनगढीबाट काठमाडौं आएकी २० वर्षीया युवती भोलिपल्टै सामूहिक बलात्कारमा परेकी हुन् ।

२६ पुसमा नयाँबसपार्कको शुभकामना गेस्ट हाउसमा युवतीको बलात्कार भएको हो । धनगढीकै ४० वर्षीया दुर्गादेवी रतलाले जागिर लगाइदिने भन्दै उनलाई गेस्ट हाउसमा राखेर युवकहरुसँग जबरजस्ती सम्बन्ध राख्न लगाएकी थिइन् । आफूलाई पाँचजनाले गेस्ट हाउसमा बलात्कार गरेको पीडित युवतीले प्रहरीसमक्ष बताएकी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts