एजेन्सी, पुष २० । साफ फुटवल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । अफगानिस्तालाई अतिरिक्त समयमा २-१ ले हराउदै अघिल्लो सिजनको विजेता अफगानिस्तानलाई पराजित गर्दै भारत सातौं पटक साफ च्याम्पियन बनेको हो । ७० औं मिनेटमा अफगानिस्तानका जुबिर अलीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यो अग्रता २ मिनेटभन्दा धेरै टिकेन । ७२ औं मिनेटमा भारतले गोल फर्काएको थियो ।
यो अफगानिस्तानको अन्तिम साफ च्याम्पियनसिप थियो । मध्य एशिया फुटबल संघ काफको सदस्य बनिसकेको अफगानिस्तानले यो साफ नै आफ्नो अन्तिम साफ रहेको यसअघि नै घोषणा गरेको थियो ।
निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा भारतले २-१ को अग्रता लिन सफल भयो । भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए । अफगानिस्तानले साफ च्याम्पियनसिप नखेले पनि दक्षिण एशियाली देशसँग मैत्रीपूर्ण फुटबल भने खेल्न सक्ने छ
No comments:
Post a Comment