Thursday, January 7, 2016

ओलीले एकलौटी निर्णय गर्ने गरेको भन्दै एमालेभित्र असन्तुष्टि फेरि चुलियो

काठमाडौं, पुष   २४ । प्रधानमन्त्री तथा पार्टीको संसदीय दलको नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गर्ने गरेको भन्दै एमालेभित्र असन्तुष्टि फेरि चुलिएको छ । मंगलबार स्थायी समिति सदस्य सुवास नेम्वाङलाई दलको उपनेता बनाएपछि पुन: असन्तुष्टि सुरु भएको हो । व्यक्ति छनोट ठीक भए पनि छनोटको प्रक्रिया गलत गरी नेम्वाङलाई उपनेता बनाइएको भन्दै पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र छलफल नै नगरी माधव नेपाल, झलनाथ खनाललगायतका फरक खेमाका नेताहरू उपस्थित नै नभएको संसदीय दलको बैठकबाट नेम्वाङलाई उपनेता बनाइएको थियो ।

एमालेका तर्फबाट ९ पुसमा ६ राज्यमन्त्री बनाउँदा पनि प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै माधवकुमार नेपाल समूह असन्तुष्ट भएको थियो । नियुक्त गर्नुअघि ‘राज्यमन्त्रीबारे छलफल गर्नु छ’ भन्दै ओलीले बालुवाटार बोलाएर दुई घन्टा कुराएपछि नेता नेपाल रिसाएर हिँडेका थिए । त्यसपछि ओलीले टेलिफोनमै नेपालसँग राज्यमन्त्री नियुक्तिका विषयमा कुरा गरेका थिए । तर, नेपालले सिफारिस गरेका कसैलाई पनि राज्यमन्त्री नबनाएको नेपाल पक्षको आरोप छ ।

प्रधानमन्त्री भएपछि ओलीले पहिलोपटक गरेको मन्त्रिपरिषद् विस्तारलाई लिएर पनि एमालेभित्र विवाद भएको थियो । शीर्ष नेताहरूबीच भएको समझदारीविपरीत प्रधानमन्त्री ओलीले अग्नि खरेललाई कानुनमन्त्री बनाएपछि ओलीनिकट नेताहरूले नै पनि सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
f

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts