Thursday, January 7, 2016

भिआइपीको विदेश भ्रमणमा कडाइ, मन्त्री र आइजिपीकै विदेश भ्रमण अस्वीकृत

काठमाडौं,पुष २४ । मन्त्री, सुरक्षा निकायका प्रमुख तथा सचिवहरु फजुल र अनावश्यक कार्यक्रममा विदेश जान खोजेपछि सरकारले उनीहरुको विदेश भ्रमण अस्वीकृत गरेको छ । गत मंगलबार राति बसेको मन्त्रिपरिषद बैंठकले खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह, उद्योग राज्यमन्त्री मेघराज नेपाली निषाध, श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्य, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बेलायत भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको  छ ।

प्रहरी महानिरीक्षक अर्याल डिएफआईडीको सहयोगमा बेलायत जाने कार्यक्रम तय भएको थियो । आइजिपीको बेलायत भ्रमण प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । तर, उनी के र कुन उद्देश्यका लागि बेलायत जान लागेको हुन भन्ने कुराको औचितय प्रस्तावमा नखुलाईएपछि गृहको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकृत गरेको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts