एजेन्सी, माघ १० । लियोनल मेस्सीको उत्कृष्ट गोलसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागालाई २–१ ले हराउदै बार्सिलोनाले शीर्ष स्थान कब्जा गरेको हो । बार्सिलोनाको जितमा मुनिर एल हाडाडी र लियोनल मेस्सीले एक एक गोल गरे । दोस्रो मिनेटमा नै हाडाडीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
३२ औं मिनेटमा मालागाका एनोर एकोस्ताले गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुग्यो । ५१ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । मेसीको यो गोल नै टिमलाई तीन अंक दिलाउँदै बार्सिलोनालाई अंक तालिकाको पहिलो स्थानमा पुर्याउन सम्भव भयो । २० खेलबाट बार्साको ४८ अंक भएको छ । २० खेलबाटै एथलेटिको म्याड्रिडको ४७ र तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४३ अंक छ ।
No comments:
Post a Comment