Saturday, January 23, 2016

प्रधानमन्त्रीको भारत भ्रमण, अझै तय भएन मिति

काठमाडौं,माघ १० । प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २४ असोज र १६ पुसमा टेलिफोनमार्फत भ्रमणको निम्ता दिएका थिए । तर, ओली भ्रमणको मिति अझै तय भएको छैन । ओलीले फागुन पहिलो साता भारत भ्रमणमा जाने गरी एजेन्डा तयार गर्न मन्त्री र कर्मचारीलाई निर्देशन दिएको दुई साता बितिसकेको छ ।

२८ पुसमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा मन्त्री एवं सचिवहरूलाई बालुवाटार बोलाएर भारतसँग छलफलको एजेन्डा तयार गर्न निर्देशन दिएका थिए । परराष्ट्र मन्त्रालयले सरोकारवाला अर्थ, उद्योग, ऊर्जा, वाणिज्य, आपूर्ति, भौतिक पूर्वाधार तथा निर्माण, पर्यटन तथा नागरिक उड्डयन, रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाल–भारतबीचको पछिल्लो सम्झौताको समीक्षा गरिरहेको छ ।
‘प्रधानमन्त्रीले एजेन्डा तयारीका लागि सम्बद्ध मन्त्री र सचिवहरूलाई बोलाएर निर्देशन दिनुभएको छ, सरकारले तयारी गरिरहेको छ, भ्रमणको मिति तय हुन बाँकी छ,’ प्रधानमन्त्रीका विदेश मामिलाविज्ञ गोपाल खनालले नयाँ पत्रिकासँग भने, ‘संविधान संशोधन भएर नेपालमा आपूर्ति व्यवस्था सुचारु भएपछि भारतसँग आपसी छलफल गरेर भ्रमणको मिति टुंगो लगाउने तयारी भइरहेको छ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts