Sunday, January 3, 2016

ओलीका लागि मर्न तयार एकदर्जन भित्रिया आउट !

काठमाडौं,पुष २० । एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार र उपाध्यक्ष विद्या भण्डारी शीतल निवास प्रवेश गरेपछि ओली समूहमा सन्तुष्टी होइन असन्तुष्टी बढ्न थालेको छ । ओली समूहका लागि ज्यानको बाजी थाप्दै आएका राजनीतिक सांगठनिक रुपमा सक्रिय, जनाधार भएका सिद्धान्तनिष्ठ, केही युवा नेता तथा कार्यकर्ताहरु अहिले बालुवाटार दरबार र शीतलनिवास दरबारबाट आउट भएको खबर प्राप्त भएको छ । उनीहरुको टिप्पणी छ, ओली र विद्याले हामीलाई लौरोको रुपमा प्रयोग गरे, खोलो तरेर पदमा पुगेपछि चाँहि बिर्सिए ।

एमालेभित्र ओली समूहका लागि दिलोज्यान दिएर लागेका युवाहरु युवराज बास्कोटा, देवराज घिमिरे, दिपक कार्की, शम्भु श्रेष्ठ (बरिष्ठ पत्रकार) घनेन्द्र बस्नेत, विनोद ढकाल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, हिक्मत कार्की, दयालबहादुर शाही लगायतकाहरु अहिले उपेक्षाको शिकार भएका छन् । ओली समूहका लागि मर्न भने पनि तम्तयार यी व्यक्तित्वहरुलाई बालुवाटार शीतलनिवासबाट कुनै खोजखबर समेत नगरिएको गुनासो अन्तरकुन्तरबाट छरपष्ट हुँदैछ । आजको साँघु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts