काठमाडौं,पुष २० । नेपाल विद्युत्त प्राधिकरणसँग फ्रेस एक सय केभीएमाथिको ट्रान्सफर्मरको जगेडा (स्टक) सकिएको छ । गोदाम खाली भएको कारण घना बस्तीमा भएको ठाउँको ट्रान्सफर्मर जल्यो भने अनिश्चितकालका लागि विद्युत्त आपूर्ति बन्द हुने भएको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबार , औद्योगिक क्षेत्र, सहरी वा ग्रामीण क्षेत्रका बढी विद्युत्त खपत हुने ठाउँमा ट्रान्सफर्मर जल्यो भने त्यसको विकल्प सकिएको प्राधिकरणले जनाएको छ ।
ट्रान्सफर्मर सकिएको कारण विद्युत्त क्षेत्रमा अकल्पनीय बाधा आउने देखिएको हो । ‘प्राधिकरणसँग भएको ट्रान्सफर्मर सकियो,’ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले भने, ‘गोदाममा रहेका सबै टान्सफर्मर सकिएका कारण जल्यो भने अर्को राख्न सकिने अवस्था छैन । यसले ठूलो संकट निम्त्याउँछ । उनका अनुसार ५०, २५ र १५ केभीएका टान्सफर्मर थोरै मात्रामा स्टक छ । आजको आर्थिक दैनिकका लागि रामप्रसाद पुडासैनीले खबर लेखेका छन् ।
No comments:
Post a Comment