काठमाडौं,पुष १८ । आन्दोलनरत मधेसी मधेसी मोर्चाका नेता राजेन्द्र महतोको नागरिकताउपर छानबिन गर्न एमालेनिकट युवा संघले माग गरेको छ । सरकारको नेतृत्व गरिरहेको एमालेसमर्थित युवा संघले शनिबार गृह मन्त्रालय पुगेर गृहमन्त्री शक्ति बस्नेतलाई चार पृष्ठ लामो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा महतोले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको दाबी गर्दै उनको नागरिकता रद्ध गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।
युवा संघ नेपालका मधेस व्यूरो प्रमुख संजिवकुमार झाले महतोले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै निवेदन दर्ता गराएका हुन्। झासहितको टोलीले । शनिवार गृहमन्त्रीलाई भेट गरी महतोलाई कानुन वमोजिम कारबाही गर्न माग गरेको छ । सद्भावनाका अध्यक्ष महतोले झुटो विवरणका आधारमा नागरिकता लिएको विषयमा छानविन गर्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ सालको फागुन १ गते गृह मन्त्रालयलाई पत्राचार नै गरेको थियो। अख्तियारको पत्रपछि गृह मन्त्रालयले यस विषयमा स्पष्ट पार्न सर्लाही जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेकामा सर्लाही जिल्ला प्रशासन कार्यालयले २०६९ सालको जेठ २९ गते महतोको नागरिकता छानविनका लागि कार्यालयमा कुनै अभिलेख नरहेको जवाफ दिएको थियो।
No comments:
Post a Comment