Saturday, January 2, 2016

मधेसी मोर्चामा विवाद,राजेन्द्र महतोको पार्टीद्धारा छुट्टै आन्दोलनको घोषणा

काठमाडौं,पुष १८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद देखिएको छ । लामो समयदेखि मधेसीको अधिकारको लागि भन्दै तराई मधेसमा जारी आन्दोलन निश्कर्षमा नपुग्दै मोर्चामा तीब्र विवाद देखिएको हो । विवादकै कारण राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गरेको छ । सद्भावनाले एक पत्रकार सम्मेलनको आयोजना गरि छुट्टै आन्दोलनको घोषणा गरेको  छ ।

मधेसी मोर्चाले भोलि बैठक बसेर थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको  एक दिनपहिले नै सद्भावना पार्टीले छुट्टै आन्दोलन घोषणा गर्दै मोर्चाभित्रको विवादलाई पुष्ट्याई गरिदिएको  हो  । तर, सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाभित्र कुनै विवाद नरहेको दाबी गर्दै मोर्चाको कार्यक्रम पनि यथावत रहेको बताए ।

सद्भावनाले पुस १९ गतेदेखि पुस २७ गतेसम्मको लागि घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार पुस १९ गते शहिदको आत्माको शान्तिको लागि प्रार्थनासभा गर्ने, पुस २० गते १२ बजेदेखि १ बजेसम्म मौन ब्रत बस्ने, २१ गते भित्तेलेखन गर्ने, २२ गते मधेसमा भएको दमनको विरोधमा मोटरसाइकल, साइकल, रिक्सा ठेलामा अनिवार्य कालोझण्डा राखेर सञ्चालनमा ल्याउने तथा कालोपट्टी बाध्ने कार्यक्रम रहेकोरातोपाटीमा समाचार  छ । यसैगरि पुस २३ गते मधेसका प्रत्येक घरमा अनिवार्य रुपमा मैनवत्ती र दियो जलाउने पनि सद्भावनाको कार्यक्रममा उल्लेख छ । यसैगरि पुस २४ देखि २७ सम्म सामाजिक सञ्जालमार्फत मधेस आन्दोलनबारे अभियान चलाउने, हस्ताक्षर अभियान चलाउनेलगायतका कार्यक्रम तय भएको सद्भावना पार्टीले जनाएको छ । सद्भावनाले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेपनि पार्टी अध्यक्ष राजेन्द्र महतो भने उपचारको सिलसिलमा भारतमा रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts