काठमाडौं,पुष १८ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक एजम्सले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यशैलीको कडा अलोचना गरेका छन् । उनले एन्फासँग आफूले काम नगर्ने भन्दै अब करार अवधि थप नगर्ने स्पष्ट पारेका छन् । ‘मैंले एन्फालाई नेपाली फुटबलको विकासका लागि योजनाहरु प्रस्तुत गरेको थिएँ,’ उनले शनिबार दिउँसो ट्वीट गरेका छन् ‘तर मैंले कुनै प्रतिक्रिया पाइँन । म मेरो करार नवीकरण गर्दिन ।’
बेल्जियम नागरिक एजम्स गएको भदौमा ६ महिनाका लागि नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले मासिक ७ हजार अमेरिकी डलर पाउँदै आएका छन् । उनीसँगको सम्झौता सकिन एक महिना बाँकी छ । यस्तै उनले अर्को ट्वीटमा एन्फासँग व्यवसायिकताको कमी, भविष्यको लागि कुनै योजना नभएको, कुनै विकास परियोजना नभएको नभएको भन्दै प्रतिभावान युवा खेलाडीप्रति दया लागेको बताएका उज्यालो अनलाईनमा समाचार छ । एजम्सको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबल खेलेको थियो । तर यो प्रतियोगितामा खेलेका दुवै खेल हारेको नेपाल समूह चरणबाट घर फर्किएको छ । नेपालले पुस २४ गतेदेखि बंगलादेशमा हुने बंगबन्धु फुटबल प्रतियोगिता खेल्दै छ ।
No comments:
Post a Comment