Saturday, January 2, 2016

बाबुरामले दिल्ली जान्छु भनेपछि कैयौ रात सुत्न सकिनँ -प्रचण्ड

पहिलो भेट बनारसमा

२०२६ सालको एसएलसी परीक्षामा बोर्डफर्स्ट भएपछि डा. बाबुराम भट्टराई युवा विद्यार्थीमाझ एउटा चर्चित पात्र बन्नुभयो। मैले पनि उहाँलाई एउटा प्रतिभावान विद्यार्थीको रुपममा चिनेँ र उहाँप्रति विशेष रुची लिएँ। तर, हाम्रो प्रत्यक्ष भेटघाट र सामान्य कुराकानी भने अलि पछि बनारसमा भएको अखिल भारत नेपाल विद्यार्थी संघको कार्यक्रममा भएको थियो। त्यसबेला बाबुरामजी विद्यार्थी राजनीति र बुद्धिजीवी फाँटमा क्रियाशील हुनुहुन्थ्यो। म पूर्णकालीन कार्यकर्ताको रुपमा पार्टी राजनीतिमा सक्रिय थिएँ।

त्यसैबीच २०४० सालमा भारतको गोरखपुरमा तत्कालीन चौँथो महाधिवेशनको राष्ट्रिय सम्मेलन भएको थियो। त्यो सम्मेलनमा बुद्धिजीवीको तर्फबाट बाबुरामजी र वाइबी थापालाई आमन्त्रित गरिएको थियो। म पार्टीबाट राष्ट्रिय प्रतिनिधिको रुपममा निर्वाचित भएर सहभागी भएको थिएँ। यही राष्ट्रिय सम्मेलनमा थोरैमात्र राजनीतिक छलफल हुने वातावरण बन्यो।

पाचौँ महाधिवेशनको विवादपछि फरक पार्टीमा

यो सम्मेलनको एकवर्षपछि २०४१ सालमा भारतकै अयोध्यामा पार्टीको पाँचौ महाधिवेशन सम्पन्न भयो। १५ दिनसम्म चलेको यो महाधिवेशनमा वृहत राजनीतिक बहस भएको थियो। त्यसबेला भएको बहसमा बाबुरामजी र म दुई भिन्न धारमा उभिएका थियौँ। उहाँ तत्कालीन पार्टी नेतृत्व (मोहनविक्रमजी) को पक्षमा पुरा शक्तिका साथ उभिनुभएको थियो। मैले क्रान्तिकारी आन्दोलन उठान गर्नका लागि तत्कालीन नेतृत्वको सैद्धान्तिक र राजनीतिक कमजोरीहरुको तिखो आलोचना गरेको थिएँ।

तत्कालीन कम्युनिस्ट आन्दोलनभित्र रहेको सांस्कृतिक र वैचारिक विचलनलाई सैद्धान्तिक रुपले उठाएको थिएँ। उत्कर्षमा पुगेको यो बहसको केन्द्रविन्दु बाबुरामजी र मेरोजस्तो हुन गयो। अन्ततः नयाँ सैद्धान्तिक संष्लेषणसहित महाधिवेशनले मैले उठाएको विषयलाई पारित गर्‍यो। र, तत्कालीन नेतृत्व पदबाट हट्न बाध्य भयो।

महाधिवेशनले नेतृत्वबाट हटाएको केही समयपछि मोहनविक्रमजीको नेतृत्वमा अर्को पार्टी गठन भयो। बाबुरामजी नयाँ बनेको एमबी (मोहनवविक्रम) जीको पार्टीमा लाग्नुभयो। म किरणजीको नेतृत्वमा आफूले उठाएको सैद्धान्तिक प्रस्तावको कार्यान्वयन गर्न सक्रिय भएँ। यसरी पहिलो चरणको हाम्राबिचको राजनीतिक बहस उहाँ फरक पार्टीमा गएपछि समाप्त भयो।

एकताप्रक्रियामा काठमाडौं जिल्ला कमिटीको सदस्य

मानव जातिको मुक्तिका लागि निष्ठापूर्वक समर्पित भैरहँदा कहिलेकाहीँ परिस्थिति छिटोछिटो बदलिने गर्छ। परिस्थितिको यो तीब्र बेगभित्र आफ्नो वर्गनिष्ठालाई पक्रिएर उत्साहपूर्वक अघि बढ्ने क्रममा म तत्कालीन मोटो मशालको नेतृत्वमा पुगेँ। इतिहासले दिएको अभिभारा पूरा गर्ने अठोटका साथ सम्पूर्ण क्रान्तिकारीहरुलाई एकताबद्ध पार्ने अभियानमा म क्रियाशील हुन थालेँ। उता बाबुरामजीको क्रियाशीलता पार्टी राजनीति भन्दा पनि प्राज्ञिक क्षेत्रतिर बढ्दै जान थालेको थियो। यही सेरोफेरोमा २०४६ सालको जनआन्दोलन भयो। मैले भेटघाटलाई तीब्र पार्दै लाँदा बाबुरामजीसँग भेट गरेँ।

यो भेटसम्म आइपुग्दा पाँचौ महाधिवेशनमा हाम्रोबीच भएको बहसमा मैले उठाएको विषयप्रति उहाँ सकारात्मक बनेको महसुस मलाई भयो। औपचारिक रुपले मुखले नभने पनि मैले बेठिक गरेछु भन्ने महसुस उहाँलाई पनि भएको थियो। यता क्रान्तिकारीहरुबीचको एकता प्रस्तावलाई अघि बढाउन म सक्रिय थिएँ। पार्टीपार्टीबीचमा एकता गरौँ भन्ने हाम्रो प्रस्ताव थियो। तर उहाँले पार्टी नेतृत्वलाई मनाउन सक्नुभएनछ। त्यसैले हरिबोल गजुरेलको नेतृत्वमा विद्रोह गरेर उहाँ एकताप्रक्रियामा आउनुभयो। र, पुनः अर्को चरणको सहकार्य सुरु भयो। एकताप्रक्रियामा आउँदा बाबुरामजी काठमाडौं जिल्ला कमिटीको सदस्यको हैसियतमा हुनुहुन्थ्यो।

एकतापछि मैले नै उदारतापूर्वक उहाँलाई जिल्ला कमिटीबाट एकैचोटी पोलिटब्युरोमा लैजाने प्रस्ताव गरेँ र बाबुरामजी जिल्ला कमिटीबाट पोलिटब्युरोमा पुग्नुभयो। त्यसयताको २५ वर्षसम्म निरन्तर हामी एउटै कमिटीमा रह्यौँ। र, यो अवधिमा मुख्य नेतृत्वको हैसियतले उहाँको भूमिकालाई कहिल्यै न्युनीकरण गरिनँ।

हरिबोल गजुरेलको नेतृत्वमा विद्रोह गरेर उहाँ एकताप्रक्रियामा आउनुभयो। र, पुनः अर्को चरणको सहकार्य सुरु भयो। एकताप्रक्रियामा आउँदा बाबुरामजी काठमाडौं जिल्ला कमिटीको सदस्यको हैसियतमा हुनुहुन्थ्यो।

जनयुद्धको तयारीमा बाबुरामको समर्थन

एकताप्रकियालाई पूर्णता दिने क्रममा २०४८ सालमा चितवनको माडीमा हाम्रो पार्टीको एकता महाधिवेशन भयो। वैचारिक दृष्टिले यो महाधिवेशन जनयुद्धको तयारीको लागि ऐतिहासिक महहत्वको महाधिवेशन थियो। सशस्त्र ग्रामीण वर्गसंघर्षको थालनी वा वैधानिक संघर्षको निरन्तरता भन्ने वैचारिक बहस नै यो महाधिवेशनको मुख्य केन्द्र थियो। सशस्त्र ग्रामीण वर्गसंघर्ष वा जनयुद्धको तयारीलाई क्रान्तिको कार्यदिशा बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव थियो भने अहिले सशस्त्र संघर्ष गर्ने बेला होइन, वैधानिक संघर्षमार्फत नै अघि बढ्नुपर्छ भन्ने मान्यता निर्मल लामाजीको थियो।

यो बहसमा बाबुरामजीको खासै प्रभावकारी भूमिका थिएन। उहाँ पार्टीभित्र त्यति स्थापित हुनुभएको थिएन। एउटा सीमित प्राज्ञिक घेराभित्रमात्र उहाँको प्रभाव थियो। तर पनि उहाँ सशस्त्र संघर्षको मेरो प्रस्तावको पक्षमा उभिनुभएको थियो। यो महाधिवेशनले अन्ततः सशस्त्र संघर्षकै प्रस्ताव पारित गर्‍यो। यही विषयलाई लिएर २०५० सालमा निर्मल लामाजीहरु पार्टीबाट अलग हुनुभयो। महाधिवेशनले सशस्त्र संघर्षको कार्यदिशा पारित गरे पनि यसको स्वरुप कस्तो हुने र उठान कसरी गर्ने भन्ने बहस हामीबीच चलिरहेकै थियो। निष्कर्षमा पुग्नको लागि पार्टीले तेस्रो विस्तारित बैठक आयोजना गर्‍यो। जनयुद्धको यो सम्पूर्ण तयारीको पुरै श्रृंखलामा बाबुरामजीले कतै विमति राख्नुभएन। प्रत्येक निर्णयहरुमा उहाँको समर्थन रहिरह्यो।

जनयुद्ध घोषणाको पूर्व सन्ध्यामा अचानक पार्टीबाट बिदा लिएर दिल्ली जाने प्रस्ताव

जनयुद्ध घोषणा गर्ने निर्णय भएपछि नेतृत्वको व्यवस्थापन र कार्यविभाजनको प्रकिया चल्यो। सिद्धान्त र कार्यनीति अनुरुपको कार्यविभाजन नहुँदा हुनसक्ने खतराप्रति हामी सचेत थियौँ। त्यसैले पोलिटब्युरो र प्रमुख नेताहरु भूमिगत जानका निम्ति क्रमशः वैधानिक मोर्चाहरु छाड्दै जाने र भूमिगत जीवनको अभ्यास र तयारी गर्ने निर्णय भयो। यही निर्णयअनुसार बाबुरामजीलाई जनमोर्चाको अध्यक्षबाट हटेर भूमिगत जान पार्टी केन्द्रीय कमिटीले निर्देशन दियो र उहाँको ठाउँमा पम्फा भुषाललाई जिम्मेवारी दियो।

यो पार्टीको योजनाबद्ध र स्वभाविक प्रक्रियाअनुरुप गरिएको निर्णय थियो। तर, अस्वभाविक के भयो भने जनयुद्धको तयारीको सम्पूर्ण प्रक्रियामा सहभागी र समर्थन गरेको प्रमुख पात्र बाबुरामजीले जनयुद्ध घोषणाको पूर्व सन्ध्यामा अचानक पार्टीबाट बिदा लिएर दिल्ली जाने प्रस्ताव राख्नुभयो। पिएचडीको थेसिस विकसित गर्ने सामान्य कुराको लागि महान जनयुद्धको ऐतिहासिक घोषणालाई छाड्ने कुरालाई मैले स्वभाविक मान्न सकिनँ। उहाँको बिदा लिने प्रस्तावलाई स्वीकृत गरेर जनयुद्धमा जाने वा उहाँको अचानक बिदा लिने निर्णयको कारण खोजेर उहाँलाई मनाउने दुईवटा विकल्पमात्र हाम्रो सामु थियो।

म त्यतिबेला कयौँ रात सुत्न सकिनँ। पोलिटब्युरोका अन्य कमरेडहरुसँग मैले गम्भीर छलफल चलाएँ। किरणजी, बादलजीहरुसँग पनि छलफल चलाएँ अब के गर्ने? हामीले गम्भीर ढंगले उहाँको मनोविज्ञान बुझ्यौँ। कारण खोज्दै जाँदा जनमोर्चाको अध्यक्षबाट हटाएर भूमिगत जाने केन्द्रीय कमिटीको निर्देशन उहाँलाई चित्त बुझेको रहेनछ। जहाँ भए पनि आफू एक नम्बरको ठाउँमा रहिरहनुपर्ने उहाँको महत्वकांक्षाको कारण हठात उहाँले यस्तो निर्णय गर्नुभएको रहेछ। सुरु गर्न लागेको ऐतिहासिक जनयुद्धको प्रमुख पात्रको रुपमा पार्टीले स्थापित गर्न खोजेको महत्ववोध उहाँले गर्न सक्नुभएन।

तत्काल समस्या हल गर्न केही महिनापछि पम्फाजीलाई हटाएर पुनः उहाँलाई जनमोर्चाको अध्यक्षमा पुनःस्थापित गरेपछि उहाँले बिदा लिने कुरा छाड्नुभयो र भूमिगत जीवनको तयारीमा लाग्नुभयो। मेरो लागि यो एउटा ठूलो झट्का थियो। किनकि यतिधेरै चरम व्यक्तिवाद बाबुरामजीमा थियो भन्ने सामान्य अनुमान मैले गर्न सकिनँ।

आफूलाई केन्द्रमा राख्ने चिन्तनले ग्रसित

जनयुद्ध प्रारम्भ भएपछि आधार इलाका र सेना निर्माणको सबाललाई लिएर हाम्रो पार्टीभित्र ठूलो बहस चल्यो। बहसलाई व्यवस्थित र निष्कर्षमा पुर्‍याउन पार्टीले बिस्तारित बैठकको आयोजना गर्‍यो। जनयुद्ध सुरु भएपछि सम्पन्न यो चौँथो बिस्तारित बैठकमा यसबारे गम्भीर बहस भयो। बहसको क्रममा सैद्धान्तिक रुपले यी दुई सबालसँग अन्तरसम्बन्धित भएर नेतृत्व केन्द्रीकरणको प्रश्न पनि जोडिएर आयो।

नेतृत्वको समुचित केन्द्रिकरणबिना जनयुद्धलाई अघि बढाउन सकिँदैन भन्ने झन्डै सबैजसो सहभागीहरुको मत थियो। तर बाबुरामजीको मतचाहिँ अहिले नै नेतृत्व केन्द्रिकरण जरुरी छैन भन्ने थियो। आवरणमा जे सैद्धान्तिक लेपन लगाउन खोजेपनि नेतृत्व केन्द्रिकरणपछि आफ्नो स्थान के हुने भन्ने चिन्ता उहाँमा बढी थियो। इतिहासले सुम्पेको जिम्मेवारी र समयको आवश्यकता भन्दा पनि उहाँले आफूलाई केन्द्रमा राख्ने चिन्तनले ग्रसित पारिरह्‍यो। बिस्तरित बैठकको सर्वसम्मतिले नेतृत्व केन्द्रिकरणको प्रस्ताव पारित गरेपछि उहाँले पार्टी निर्णयलाई स्वीकार गर्नुभयो। र, हामी फेरि एकताबद्ध भएर जनयुद्धमा सहभागी भयौँ।

कमिटीमा राखेर बहस गर्नुभन्दा पहिला बाहिरी प्रचार रमाउने

कमरेड बाबुरामसँग मतभेदको अर्को श्रृंखलाको पटाक्षेपचाहिँ २०६० सालतिर फुन्टिवाङमा भएको केन्द्रीय समितिको बैठकमा भयो। आत्मकेन्द्रित व्यक्तिवादको विशेषतालाई उहाँले पुनः फुन्टिवाङको बैठकमा प्रस्तुत गर्नुभयो। पार्टी अनुशासन, विधि र पद्धतिलाई जहिले पनि आफ्नो व्यक्तिगत हितको मातहत राख्न खोज्नु त्यसको चारित्रिक विशेषता हो। यस्तो प्रवृत्तिले आफू पार्टी पद्धतिअनुसार चल्नुपर्छ भन्ने सोच्दैन। उल्टो पार्टी पद्धति आफ्नो हितअनुकूल चल्नुपर्छ भन्ने मान्यता राख्दछ। उहाँ आफूलाई लागेको कुरा पार्टी कमिटीमा राखेर बहस गर्नुभन्दा पहिला बाहिरी प्रचार गर्न बढी रमाउनुहुन्थ्यो। उहाँको यो प्रवृत्तिलाई लिएर केन्द्रीय किमिटीमा केही कुराहरु उठ्यो। उहाँमा रहेको व्यक्तिवादी चिन्तन, अराजकतावादी कार्यशैली र गुटवादी क्रियाकलापको व्यापक आलोचना भयो।

बैठकमा उहाँको अराजक क्रियाकलापको तीब्र आलोचना भएपछि उहाँले केही छलफल नै नगरी मञ्चमै राजीनामा दिएर मञ्च छाड्ने कामसमेत गर्नुभयो। पार्टीभित्र असन्तुष्टिहरु आउँछन्, नेतृत्वले त्यसलाई मिलाएर लैजानुपर्छ भन्ने वोध बाबुरामजीले गरेको मैले कहिल्यै महसुस गर्न पाइनँ। उल्टो उहाँको असन्तुष्टि व्यवस्थापनमा नै पार्टी नेतृत्वको समय बर्बादी हुने गर्थ्यो। दश दिनसम्म चलेको यो बैठकमा कयौँ साथीहरु दिक्क भएर भो उहाँलाई छोडिदिउँ भन्ने तहसम्म पुग्नुभएको थियो। तर मैले बहस, संघर्ष पनि गर्ने र मिलाएर लाने द्वन्द्वात्मक विधि नै अपनाएँ।

थुप्रै मध्यमवर्गीय मानिसहरु जनवादी क्रान्तिको कालमा बाबुरामजीलाई हेरेर आकर्षित भएक थिए। त्यसैले उहाँलाई सकभर सँगै लिएर जानुपर्छ भन्ने मान्यताअनुरुप कतिपय अवस्थामा चित्त नबुझ्ने निर्णयहरु पनि गरेँ। फुन्टिवाङ बैठकले संघर्ष र रुपान्तरणको विधि अपनाएर सँगै अगाडि जाने निर्णय गरेको थियो। अन्तमा उहाँले केन्द्रीय समितिमा उठेका कतिपय गम्भीर आलोचनालाई स्वीकार गर्दै आफूले दिएको राजीनामा फिर्ता लिएर पार्टीमा क्रियाशील हुने घोषणा गर्नुभएको थियो।

बाबुरामको यो कदमले भयाबह अवस्था

‘हिँड्दैछ, पाइला मेट्दैछ’ भन्ने नेपाली उखानलाई बाबुरामजीले अन्तरसंघर्षको क्रममा पटकपटक चरितार्थ गर्नुभएको छ। पार्टीले गरेको निर्णयप्रति सहमति जनाउने तर कार्यान्वयन गराउने बेलामा त्यसको विपक्षमा उभिने बाबुरामजीको पद्धतिजस्तो बन्न पुगेको छ। फुन्टिवाङमा पार्टीपद्धति अनुरुप चल्न गरेको आफ्नो प्रतिबद्धता उहाँले धेरैदिन टिकाउन सक्नुभएन। ६१ को मंसिर महिनामा असहमतिका १३ र ४ बुँदे फरकमत सार्वजनिक गर्नुभयो।

यो फरकमत उहाँले पार्टी कमिटीमा नै प्रस्तुत गरेको भए यसले एउटा बहसको सिर्जना गर्न सक्दथ्यो। हाम्रो आन्दोलनका लागि यो एउटा योगदान नै हुन पनि सक्थ्यो। तर उहाँले पार्टीलाई विश्वास गर्नुभएन। जनयुद्ध उत्कर्षमा भएका बेला उहाँले फरकमत पार्टी कमिटीमा नलगेर बाहिर प्रचारमा लगिदिएपछि सबैतिर एउटा ठूलो भ्रम सिर्जना भयो। युद्धको बेला पैदा गरिएको यस्तो भ्रमले एउटा ठूलो क्षति हुनसक्ने स्थिति आउन सक्थ्यो। यो सामान्य कमजोरी थिएन। जीवनमरणको लडाइँ लडिरहेको हाम्रो पार्टीभित्र बाबुरामजीको यो कदमले भयाबह अवस्था पैदा भयो।

लावाङ बैठकमा उहाँलाई यति सहज कारबाहीमा सीमित गरिनु हुँदैन भन्ने मत पनि थियो। कतिपय साथीहरुले बाबुरामको यो कदमलाई युद्धको बेला गरिएको गद्धारी र गम्भीर अपराधको रुपमा व्याख्या गर्दै उहाँलाई भौतिक रुपमा नै सिध्याइदिनुपर्छ भन्ने थिए।

बाबुरामलाई कारबाही : भौतिक रुपमा नै सिध्याइदिनुपर्छ भन्ने थिए

यो विषयलाई किनारा लगाउन पार्टीले तत्काल केन्द्रीय समितिको बैठक बोलायो। रणनैतिक प्रत्याक्रमणको पहिलो योजना कार्यान्वयन गरिरहेको सम्वेदनशील अवस्थामा लावाङमा बोलाइएको यो बैठकमा सहभागी हुन कमरेडहरुले झण्डै दुई महिना लामो यात्रा गर्नुपर्‍यो। लावाङ बैठकमा यसबारेमा गम्भीर बहस भयो। उहाँले गरेको गम्भीर प्रकारको कमजोरीलाई लिएर पार्टीले उहाँसहित कमरेड हिसिला र दिनानाथजीलाई ६ महिना साविकको जिम्मेवारीबाट हटाउने निर्णय गर्‍यो। तर लावाङ बैठकमा उहाँलाई यति सहज कारबाहीमा सीमित गरिनु हुँदैन भन्ने मत पनि थियो। कतिपय साथीहरुले बाबुरामको यो कदमलाई युद्धको बेला गरिएको गद्धारी र गम्भीर अपराधको रुपमा व्याख्या गर्दै उहाँलाई भौतिक रुपमा नै सिध्याइदिनुपर्छ भन्ने थिए।

कतिपयले उहाँलाई पार्टीबाट निष्काशन गर्नुपर्छ भन्ने मान्यता राख्दथे। तर कुनै पनि हालतमा उहाँको भौतिक क्षतिको कल्पना गर्न त सकिँदैन थियो नै पार्टीबाट निष्काशन गर्ने कुरा मैले पनि सोच्न सक्ने विषय थिएन। उहाँलाई सँगै लिएर जानुपर्छ भन्ने कुरा मलाई भित्रदेखि लागेको थियो। त्यसैले उहाँले गरेको त्यस प्रकारको गम्भीर गल्तीको लागि ६ महिनाको लागि केन्द्रीय कमिटीबाट हटाइदिँदा उहाँलाई आफ्नो कमजोरी महसुस हुन्छ भन्ने निष्कर्षमा म पुगेँ। सबै अतिवादलाई क्रस गरेर मेरै प्रस्तावमा उहाँलाई ६ महिनाको लागि जिम्मेवारीबाट हटाइएको थियो।

पार्टीले जिम्मेवारीबाट हटाएपछि उहाँको भौतिक सुरक्षाको व्यवस्थापन पार्टीको जिम्मेवारी थियो। त्यसो त त्यसबेला हामी सबैको भौतिक सुरक्षाको कुनै ग्यारेन्टी थिएन। तै पनि उहाँको भौतिक सुरक्षालाई प्राथमिकता दिनको लागि सम्बन्धित कमिटीलाई मैले निर्देशन दिएँ। र, कारबाहीको समयमा उहाँ र म एउटै सुरक्षा घेरा र एउटै व्यवस्थापनमा गम्भीर राजनीतिक छलफल गर्दै बस्ने गरेका थियौँ। तर कारबाहीको बेला प्रचण्डले बाबुरामलाई पेस्तोलको नोकभित्र कैद गरिराखेको छ भन्ने दुष्प्रचार गरियो।

यो भ्रमपूर्ण प्रचार देशभित्र र देशबाहिर उत्तिकै महत्वका साथ गरियो। कारबाहीको अवधिमा उहाँले उपचारका लागि दिल्ली जाने इच्छा व्यक्त गर्नुभयो। यो विषयलाई लिएर हाम्रो नेतृत्व तहमा केही बहस पनि भयो।

केही कमरेडहरुले यस्तो अवस्थामा उहाँलाई दिल्ली पठाउनु हुन्न भन्ने तर्क गर्नुभएको थियो। केही बुद्धिजीवीहरुसँग वार्ता पनि हुन्छ भन्ने सोचेर मैले उहाँलाई विश्वासका साथ दिल्ली पठाएँ। बोर्डर कटेपछि उहाँले प्रोफेसर एसडी मुनीलाई ‘म बाबुराम बोलेको, आउँदैछु’ भनेर फोन गर्नुभएछ। उता मुनीजीले ‘तपाईँ जिउँदै हुनुहुन्छ? तपाईँलाई नभेटेसम्म पत्यार लाग्दैन’ भन्नुभएको थियो रे! दिल्लीसम्म यसप्रकारको भ्रमपूर्ण प्रचार भएको थियो। निश्चय नै हाम्रा बिचमा वैचारिक मतभेदहरु थिए। तर व्यक्तिगत रुपममा कहिल्यै शत्रुपूर्ण व्यवहार भने गरिएन। यस्तो भ्रमपूर्ण प्रचार हुँदा बाबुराम र हिसिलाजीहरु आफैले यसको खण्डन गरिनुपर्थ्यो। यो चाहिँ बडो दुर्भाग्यपूर्ण अवस्था लाग्दछ।

बाबुरामजीको जोड चाँडै नै भारत जाने र वार्ता गर्ने

बाबुरामजीहरुलाई कारबाही गरिएको ६ महिनाको अवधि खासै लामो अवधि होइन तर छोटो समयमा नै देशभित्र ठूलो राजनीतिक उथलपुथल भयो। संसदवादी दलहरुलाई तिरस्कार गर्दै ज्ञानेन्द्रले माघ १९ को ‘कु’ गरिसकेका थिए। उता भारत पनि जनयुद्धविरुद्ध आक्रमक ढंगले प्रस्तुत भैरहेको थियो। हाम्रा पार्टीका नेता/कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, जेल हाल्ने वा नेपालको शाही सरकारलाई बुझाइदिने काम तीब्र रुपले गरिरहेको थियो।

व्यक्तिगत रुपममा कहिल्यै शत्रुपूर्ण व्यवहार भने गरिएन। यस्तो भ्रमपूर्ण प्रचार हुँदा बाबुराम र हिसिलाजीहरु आफैले यसको खण्डन गरिनुपर्थ्यो। यो चाहिँ बडो दुर्भाग्यपूर्ण अवस्था लाग्दछ।

हामीले पनि राष्ट्रिय स्वाधिनताको मुद्धालाई प्राथमिकता दिन ‘सुरुङ युद्ध’ को कार्यनीति बनाइराखेका थियौँ। बाबुरामजीलाई यो कार्यनीति मन नपर्दानपर्दै पनि स्वीकार गर्नुपर्ने स्थिति थियो। किनकि राष्ट्रिय स्वाधिनतासँग प्रत्यक्ष जोडिएको यो मुद्धासँग विमति भए पनि विरोध गर्ने आँट उहाँमा थिएन। बाबुरामजीको जोड चाँडै नै भारत जाने र वार्ता गर्ने भन्ने थियो।

चुनवाङ बैठक | राजनीतिक हस्तक्षेप

ज्ञानेन्द्रको ‘कु’ पछि दलहरुको भूमिका झन् प्रभावहीन बन्न पुग्यो। यस्तो बेला हामीले अन्तरराष्ट्रिय समुदायको ध्यान तान्न संयुक्त राष्ट्र संघ र छिमेकी मुलुक भारत र चीनलाई पत्र लेखेर हाम्रो दृष्टिकोण स्पष्ट पारेका थियौँ। यसले पनि वार्ताको वातावरणलाई अनुकूल बनाउँदै लग्यो। दलहरुसँग पनि हामीले सम्पर्क राखिराखेका थियौँ। खास गरेर गिरीजाप्रसाद कोइरालासँग वार्ता भएपछि एउटा समझदारी बन्ने सम्भावना बढ्न थाल्यो। परिस्थिति सकारात्मक दिशातर्फ गैरहेको अनुभूत भएपछि संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमार्फत राजनीतिक हस्तक्षेप गर्नुपर्छ भन्ने निष्कर्षमा म पुगेँ।

त्यसैले रुकुमको चुनवाङमा केन्द्रीय समितिको बैठक आयोजना गरियो। मैले केन्द्रीय समितिको बैठकको लागि दस्तावेज तयार पारेँ। ‘राजनीतिक एवं संगठनात्मक प्रस्ताव’ नाम दिएर तयार पारिएको उक्त दस्तावेजमा विश्व परिस्थिति तथा घरेलु परिस्थिति हुँदै भावी काम र योजनासहित ६ वटा उपशीर्षकहरु रहेका थिए। लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गर्न गणतन्त्र प्राप्तिको लागि मिलाउन सकिनेजति सबै शक्तिलाई मिलाउने कार्यनीति बोकेको दस्तावेज सर्वसम्मत ढंगले पारित भयो।

यस्तो अवस्थामा म आफैले तयार पारेको चुनवाङको दस्तावेजलाई बाबुरामले लेखेको भनेर यसरी दुष्प्रचार गरियो, जसरी केही महिनाअघि बाबुरामजीलाई कारबाही गरिँदा प्रचण्डले जनसेना लगाएर मार्न लाग्यो भनेर दुष्प्रचार गरियो। नांगो आँखाले देख्न सक्ने यस्तो तथ्यलाई तोडमोड गर्दा बाबुरामजीको मौन समर्थन अर्को आश्चर्यको विषय बन्ने गरेको छ। यसरी चुनवाङ बैठकमा एकमतले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पारित हुँदा वैचारिक रुपले बाबुरामजी लामो समयपछि फेरि मेरो धारमा उभिन आइपुग्नुभयो।

शान्तिप्रक्रिया : बाबुरामले भिन्न मत राखेनन्

चुनवाङ बैठकले पारित गरेको कार्यनीति अनुरुप हामीले दलहरुसँग वार्ता प्रक्रिया अगाडि बढायौँ। यो क्रममा सबैभन्दा पहिला हाम्रो आधार क्षेत्रमा आमन्त्रित गरेर एमालेसँग वार्ता भयो। एमाले नेता बामदेव गौतम र युवराज ज्ञवालीलाई हाम्रै सुरक्षा घेराभित्र घोडा चढाएर लोसेवाङ पुर्‍यायौँ। उहाँहरुसँग निरंकुश राजतन्त्रको विरुद्ध संयुक्त रुपमा लड्ने पहिलो लिखित सम्झौता भयो। यो सम्झौताले एउटा नयाँ राजनीतिक महौल सिर्जना गर्‍यो।

नांगो आँखाले देख्न सक्ने यस्तो तथ्यलाई तोडमोड गर्दा बाबुरामजीको मौन समर्थन अर्को आश्चर्यको विषय बन्ने गरेको छ। यसरी चुनवाङ बैठकमा एकमतले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पारित हुँदा वैचारिक रुपले बाबुरामजी लामो समयपछि फेरि मेरो धारमा उभिन आइपुग्नुभयो।

बास्तवमा ऐतिहासिक १२ बुँदेको जग नै यसले हालेको थियो। यसको केही समयपछि गिरिजाप्रसाद कोइरालालाई रोल्पा लैजाने कोसिस गरेका थियौँ। तर उहाँको शारीरिक अवस्थाले हिँडाएर सुरक्षित रोल्पा पुर्‍याउन निकै ठूलो जोखिम मोल्नुपर्ने हुन्थ्यो। गिरिजाबाबु र माधव नेपाल दुबैलाई लगेर लोसेवाङमा नै १२ बुँदे सम्झौता गर्ने मेरो चाहना थियो। तर त्यो सम्भव नभएपछि ११ दिन हिँडेर बोर्डर हुँदै दिल्ली पुगेर १२ बुँदे सम्झौता गरियो। र, यही सम्झौताको जगमा शान्तिप्रक्रियाको अध्यायमा प्रवेश गरियो। यी सबै प्रक्रियामा बाबुरामजीले वैचारिक रुपमा कहीँ पनि भिन्न मत राख्नुभएन।

विश्व दृष्टिकोणमै अन्तर

शान्तिप्रक्रियापछि संविधानसभा मार्फत लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने अध्याय चुनवाङ वैठकले पारित गरेको कार्यनीतिक श्रृंखलाको एउटा अंश हो। उक्त बैठकले पारित गरेको दस्तावेजमा स्पष्ट संश्लेषण गरिएको थियो, ‘कार्यनीतिले रणनीतिको सेवा गर्ने उद्धेश्यमा स्पष्ट रहँदै पार्टीले लोकतान्त्रिक गणतन्त्रलाई न बुर्जुवा संसदीय गणतन्त्रको रुपमा लिएको छ न सोझै नयाँ जनवादी गणतन्त्रको रुपमा। निश्चय नै यसप्रकारको गणतन्त्रलाई प्रतिक्रियावादी र तिनका पार्टीहरुले संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारावर्गको हाम्रो पार्टीले जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्ने छ।’

चुनवाङले गरेको संश्लेषण अनसार यतिबेला सच्चा क्रान्तिकारीहरुले लोकतान्त्रिक गणतन्त्रलाई जनवादी गणतन्त्रमा बदल्ने प्रयत्न गर्नु हो। तर ठिक यही समयमा बाबुरामजीले पार्टी परित्यागको घोषणा गरेर यो गणतन्त्रलाई संसदीय गणतन्त्रमा बदल्ने प्रतिक्रियावादीको योजनालाई साथ दिन पुग्नुभएको छ। संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनासाथ उहाँले पार्टी परित्याग गरेपछि यसबाट अघि जान चाहनुहुन्न भन्ने आशंकालाई उहाँ आफैले प्रमाणित गर्नुभएको छ।

यसरी हाम्राबीच भएको अन्तरसंघर्षलाई सर्सती हेर्दा सामान्य राजनीतिक विमतिहरु जस्तो मात्र लाग्न सक्छ तर गहिरिएर विचार गर्ने हो भने हाम्रो अन्तर संसारलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा नै रहेको छ। उहाँ कुनै पनि चिज र परिघटनालाई पूँजीवादी दृष्टिकोणबाट हेर्ने र बुझ्ने गर्नुहुन्छ। म त्यही चिज र परिघटनालाई मार्क्सवादी दृष्टिकोणबाट हेर्ने र बुझ्ने प्रयत्न गर्थेँ। हाम्रो अन्तर यही विश्व दृष्टिकोणमा नै हो। अहिले उहाँले पार्टी परित्याग गरेर जसरी नयाँ शक्ति निर्माणको चर्चा चलाइरहनुभएको छ यो मार्क्सवाद भन्दा बाहिर जाने उहाँको प्रयत्न हो। सर्वाहारा विश्वदृष्टिकोणलाई परित्याग गर्ने बहानाबाजी हो। मार्क्सवादी दृष्टिकोण परित्याग गरेर बुर्जुवा दृष्टिकोण आत्मसाथ गर्नेहरु गणतन्त्र प्राप्तिको चरणबाट अगाडि बढ्न सक्दैनन्।

उहाँ उदार पुँजीवादलाई समाजवादी दृष्टिकोणसँग संयोजन गरेर क्रान्तिको यात्रालाई गणतन्त्र प्राप्तिसम्ममात्र सीमित राख्न चाहनुहुन्छ। सैद्धान्तिक दृष्टिकोणले हाम्रो अहिलेको मतभेद यसरी स्पष्ट भएको छ।

कम्युनिस्टहरु आफ्नो आदर्श र साम्यवादी लक्ष्यप्राप्तिको लागि अन्तिम समयसम्म अविचलित भएर लडिरहन्छन्। उहाँ अन्तिमसम्म जान सक्नुभएन र राष्ट्र, कम्युनिस्ट आन्दोलन र आफ्नैविरुद्ध पनि अप्रिय निर्णय गर्न पुग्नुभयो। हाम्रो अहिलेको मतभेदको केन्द्रीय विषय यही हो। हजारौँको बलिदानद्वारा निर्मित हाम्रो पार्टीले कुनै पनि हालतमा मार्क्सवादी विश्वदृष्टिकोण नछाड्ने देखेपछि उहाँ आफैले पार्टी छाड्नुभयो। हाम्रो पार्टी मार्क्सवादी दृष्टिकोणलाई दह्रोसँग पक्रिएर अर्को चरणको क्रान्तिको तयारीमा जुट्नुपर्छ भन्ने मान्यता राख्दछ। उहाँ उदार पुँजीवादलाई समाजवादी दृष्टिकोणसँग संयोजन गरेर क्रान्तिको यात्रालाई गणतन्त्र प्राप्तिसम्ममात्र सीमित राख्न चाहनुहुन्छ। सैद्धान्तिक दृष्टिकोणले हाम्रो अहिलेको मतभेद यसरी स्पष्ट भएको छ।

‘सबाल बाबुरामजी र प्रचण्डबीचको मतभेदको होइन’

संसारलाई हेर्ने र बुझ्ने दार्शनिक चिन्तन नै अन्तर भएपछि समकालीन राजनीतिक एजेन्डामा पनि हामी भिन्न ठाउँमा उभिन पुग्यौँ। संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक अभिभाराबाट अन्तिम समयमा उहाँ पन्छिनुभयो। विदेशी दबाब तीब्र हुन थालेपछि बाबुरामजी पनि संविधान घोषणा तत्काल रोक्नुपर्छ भन्ने पक्षमा उभिनुभयो। संविधान घोषणा भएपछि आफैले हस्ताक्षर गरेको संविधान जलाउन खोज्ने कित्तामा एकाकार हुन पुग्नुभयो। राजनीतिक परिदृष्यमा यो भन्दा विचलन के हुन सक्छ? आफैले हस्ताक्षर गरेको संविधानप्रति सामान्य इमान्दारिता पनि नदेखाएर यसको स्वामित्व लिन अस्वीकार गर्नुलाई कसरी बुझ्ने? यहाँनेर सबाल बाबुरामजी र प्रचण्डबीच भएको मतभेदको होइन। सबाल राष्ट्र र जनताप्रति को कति निष्ठावान हुन सक्यो भन्ने हो।

बाबुराम एकदिन इतिहासको कठघरामा उभिनेछन्

विचार र राजनीतिमा देखिएको यो विचलन उहाँले सांगठनिक क्षेत्रमा पनि देखाउनुभयो। अन्तिम समयमा आएर उहाँभित्र रहेको अराजकतावादी व्यक्तिवाद सबैले देख्ने गरेर सतहमा आयो। सैद्धान्तिक दृष्टिले यो प्रवृत्ति पनि विश्वदृष्टिकोणसँग जोडिएको छ। सर्वाहारावादी दृष्टिकोणले सामुहिकतामा ज्ञान देख्छ, जनसमुदायमा शक्ति देख्छ र त्यहीअनुरुपको निर्णय गर्छ। पुँजीवादी दृष्टिकोणले आफूभित्र मात्र ज्ञानको स्रोत देख्छ, आफूलाई शक्तिको मुहान ठान्दछ र त्यही अनुरुपको निर्णय गर्दछ। बाबुरामजीले पछिल्लो दृष्टिकोण अपनाउनुभयो र कम्युनिस्ट पार्टीसँगै मार्क्सवाद परित्याग गर्ने अप्रिय निर्णयमा पुग्नुभयो।

कम्युनिस्ट आन्दोलनप्रति उहाँको अलिकति आस्था भएको भए विगतमा झैँ जिम्मेवारीबाट हटेर साधारण सदस्यत परित्याग गर्नुहुँदैनथ्यो। उहाँले कम्युनिस्ट आन्दोलन र अहिलेसम्म यो झण्डामुनी संगठित भएर बलिदान दिने सहिदहरुलाई त्यागिदिनुभयो। यही झण्डा बोकेर घाइते-अपांग हुनुभएको योद्धाहरुको त्याग र विरतालाई अपमान गर्न पुग्नुभयो। यही गौरवशाली झण्डा बोकेबापत बेपत्ता पारिएका योद्धाहरुको सपना र समर्पणमाथि कुठाराघात गर्नुभयो। यो सामान्य परिघटना होइन, एकदिन इतिहासको कठघरामा उभिएर कमरेड बाबुरामले यसको उत्तर दिनैपर्छ।

संकटबाट राष्ट्रलाई बचाउन बाबुराम पार्टीमै फर्किनुपर्छ

नेपालको रुपान्तरणकारी राजनीतिक आन्दोलनमा बाबुरामजीको योगदान महत्वपूर्ण छ। उहाँले खेलेको यसप्रकारको भूमिकालाई कहिल्यै न्युनीकरण गरिनु हुँदैन। मानिससँग भावनाहरु हुन्छन्, कहिलेकाहीँ भावनामा बग्नु मानिसको प्राकृतिक स्वभाव हो। बाबुरामजीको हकमा अझ बढी यो कुरा लागू हुन्छ। उहाँको स्वभाव बढी नै भावनामा बग्ने र भावावेशमा आउने खालको छ। कतै पार्टी परित्यागको अप्रिय निर्णय पनि भावावेशमा आएर गर्नुभएको त होइन? उहाँले गम्भीर आत्मसमीक्षा गर्नु जरुरी छ।

यही गौरवशाली झण्डा बोकेबापत बेपत्ता पारिएका योद्धाहरुको सपना र समर्पणमाथि कुठाराघात गर्नुभयो। यो सामान्य परिघटना होइन, एकदिन इतिहासको कठघरामा उभिएर कमरेड बाबुरामले यसको उत्तर दिनैपर्छ।

आज मुलुक ऐतिहासिक संकटपूर्ण घडीबाट गुज्रिरहेको छ। कम्युनिस्ट आन्दोलन विभिन्न समूहमा विभक्त हुँदै कमजोर बन्न पुगेको छ। त्यसैले यस्तो अवस्थामा बाबुरामजीले गम्भीर आत्मसमीक्षा गरेर पुनः पार्टीमै फर्किने र आफूलाई विघटनाको भयानक खाडलबाट जोगाउने कोसिस गर्नुपर्दछ।

सच्चा कम्युनिस्ट एवं जनपक्षीय शक्तिहरुलाई एकाकार बनाउँदै अघि बढ्ने बेलामा पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण गर्न सकिन्छ भन्ने उहाँको सोचले उहाँ आफैलाई समाप्त पार्नेछ। त्यसैले बाबुरामजीले समयको आवाज र इतिहासको आवश्यकतालाई बुझेर पार्टीमै फर्किनुभयो भने मात्र संकटबाट राष्ट्रलाई बचाउन मद्धत पुर्‍याउने छ। कम्युनिस्ट आन्दोलनमा लागेका लाखौँ नेता, कार्यकर्ता र शुभचिन्तक जनसमुदायले उहाँले गरेका गल्तिप्रति क्षमा गर्नेछन्। यसो गरेमात्र उहाँले आफूलाई राजनीतिक रुपले बचाउन सक्नुहुनेछ।

(मूलप्रवाह मासिकबाट साभार)

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts