Saturday, January 2, 2016

मोर्चासँग आज निर्णायक वार्ता आज,मोर्चाको आन्दोलन आजै सकिने

काठमाडौं,पुष १९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका विषयमा प्रमुख तीन दलबीच आज छलफल हुने भएको छ । तीन दलको बैठकपछि साँंझ ६ बजे मोर्चासहितको बैठक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । मोर्चासँगको वार्ता अघि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच छलफल हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर र परिणाममुखी वार्ता गर्ने तयारी गरेका छन् । विगत केही दिनयता औपचारिक वार्ता प्रक्रिया सुस्त देखिए पनि अनौपचारिक र द्विपक्षीय वार्ता भइरहेका थिए ।

प्रधानमन्त्री ओलीले सत्तारुढ गठबन्धन दलका नेताहरुका साथै मधेशी मोर्चाका नेताहरुसँंग पनि अनौपचारिक छलफल गरेका थिए । प्रधानमन्त्री ओलीसँंगको छलफल पछि उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डले मोचा सम्बद्ध दलका नेताहरु,प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरुसँंग छलफल गरेका थिए। तर बेलुकीसम्म हुने छलफलको समय र स्थान भने तय भएको छैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिँजो विराटनगरमा मोर्चासँगको वार्ता भोली (आजका लागि ) निष्कर्षमा पुग्छ भन्ने दावी गरेका थिए ।

त्यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पूर्व निर्धारत आन्दोनलका कार्यक्रम आज सकिदैछ। मोर्चाले दिउँसो बुटबलमा विरोध कार्यक्रम गरेर पूर्व निर्धारित कार्यक्रमको समापन गर्न लागेको हो । एक दुई दिनमा बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले जनाएको छ ।

बुटबलमा हुने कार्यक्रमलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराई, जनजाति नेताहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts