अमेरिका, नेपाली जन- सम्पर्क समिति, अमेरिकाको डिसेम्बर १९ मा बसेको बैठकले समितिको विधानको दफा २२ अनुसार केन्द्रीय समितिलाई सङ्गठनको हितमा आवश्यक सल्लाह प्रदान गर्नका लागि ३१ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ | सल्लाहकार समितिमा नेपालमा रहँदा मातृपार्टी नेपाली काँग्रेसको विभिन्न नेतृत्वदायी भूमिकामा बसेर जिम्मेवारी बहन गरेका र हाल अमेरिकामा पनि नेपाली जन सम्पर्क समितिको सांगठनिक हितका लागि निरन्तर क्रियाशील रहेका सल्लाहकारमा चयन गरिएको समितिले जनाएकोछ | सल्लाहकार समितिको कार्यकाल वर्तमान केन्द्रीय समितिको कार्यकाल अवधिभर रहने समेत विज्ञप्तिमा जनाइएकोछ | चयन भएको सल्लाहाकार समितिमा
१. भोजराज कँडेल – क्यालिफोर्निया
२. विनोद मोक्तान – पेन्सिलभेनिया
३. बुद्धि लामिछाने – कोलोराडो
४. पदम रावल- क्यालिफोर्निया
५. निर्मल गौचन- क्यालिफोर्निया
६. सीता कोइराला – टेक्सास
७. मुकुन्द ढुंगाना – क्यालिफोर्निया
८. शिव भुर्तेल – रोड आइल्याण्ड
९. उमा शाह – मेरिल्याण्ड
१०. विद्यासगर योञ्जन- क्यालिफोर्निया
११. पियुष दाहाल – क्यालिफोर्निया
१२. वंशलाल तामाङ्ग – न्यु योर्क
१३. टिका चौधरी – क्यालिफोर्निया
१४. अर्जुन बन्जाडे (पीएचडी) – टेक्सास
१५. विजय शर्मा- म्यासाचुसेट्स
१६. आङ्दावा शेर्पा- न्यु योर्क
१७. विनोद शाह (एम.डी.) – न्यु योर्क
१८. निर्मला उप्रेती- भर्जिनिया
१९. आमोद पोखरेल (पीएचडी) – क्यालिफोर्निया
२०. आनन्दकृष्ण घिमिरे- मेरिल्याण्ड
२१. मिङ्ग्मार शेर्पा- न्यु योर्क
२२. चन्द्रशेखर यादव – टेक्सास
२३. कृष्णबहादुर विष्ट- न्यु योर्क
२४. निजानन्द मल्ल- फ्लोरिडा
२५ . हरिनारायण सापकोटा- न्यु योर्क
२६. सानुबाबु सिलवाल – नर्थ क्यारोलिना
२७. अमृत सापकोटा- टेक्सास
२८. उत्तम कार्की- क्यालिफोर्निया
२९. पशुपति पाण्डे- वासिंगटन
३०. भुवन आचार्य- टेक्सास
३१. पुरुषोत्तम पाण्डे- कोलोराडो
रहेका छन् भने कानुनी सल्लाहकारमा वरिष्ठ कानुनविद एवं समितिका पूर्व संयोजक खगेन्द्र जीसीलाई मनोनयन गरेको छ | यसैगरी समितिको विधानको दफा २८ को उपदफा A (g) अनुसार १३ विभाग मध्य अनुशासन समितिमा सचिव भोजराज थोकर, आर्थिक समितिमा कोषाध्यक्ष विजय थुलुङ्ग, सांस्कृतिक विभाग: सुवास लामा, सञ्चार एवं प्रचार विभाग: गोकुल ढकाल, कानुन विभाग: पिताम्वर भुषाल, आदिवासी,जनजाति विभाग: लोक लामा र महिला विभागमा मान्ती शाहलाई मनोनीत गरेको र १३ विभाग मध्ये बाँकी विभागका प्रमूखहरुको पनि केही दिनभित्रै मनोनयन गरिने विज्ञप्तिमा जनाइएको छ |
No comments:
Post a Comment