Sunday, December 27, 2015

चीनले अनुदानमा दिएको इन्डक्सन चुलोको सरकारले मूल्य तोक्न सकेन

काठमाडौं,पुष १२ । असहज परिस्थितिका बेला सर्वसाधारणले भोगिरहेको संकटमा सहयोग पुर्‍याउन चीनले अनुदानस्वरुप दिएको इन्डक्सन चुलोको मूल्य नतोकिँदा गोदाममा थन्किएको छ । केरुङ नाकामा नेसनल ट्रेडिङले प्राप्त गरेको एक हजार ३ सय ३० थान इन्डक्सन चुलोको मूल्य नेसनल ट्रेडिङ र वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोक्न नसकेपछि गोदाममै थन्किएको हो ।

विद्युतबाट चल्ने इन्डक्सन चुलो एक साताअघि नेसनल ट्रेडिङका कर्मचारी केरुङ पुगेर बुझेर आएका थिए । भारतीय अघोषित नाकाबन्दीका कारण ग्यास अभाव भइरहेका बेला चीनले विद्युतबाट चल्ने इन्डक्सन चुलो अनुदानस्वरूप नेपाललार्ई उपलब्ध गराएको थियो । स्रोतका अनुसार इन्डक्सन चुलो प्राप्त गर्ने बेला नेसनल ट्रेडिङका कर्मचारले चिनियाँ अधिकारीसमक्ष जति सक्दो चाँडो सर्वसाधारणलाई सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए भनेर आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts