Sunday, December 27, 2015

मेलम्ची आयोजना फेरि अनिश्चित

काठमाडौं,पुष १२ । सरकारले तोकिएको समयअघि निर्माण पूरा गरे ‘बोनस’ दिने घोषणा गरेर काम सक्ने प्रयास गरे पनि ठेकेदारकै कारण मेलम्ची खानेपानी आयोजना अहिले अनिश्चित बनेको छ । नाकाबन्दीका कारण पर्याप्त इन्धनलगायत निर्माण सामग्री र रकम अभाव भएको भन्दै ठेकेदारले काम नगरेपछि आयोजना सकिने समय अनिश्चित बन्दै गएको हो।

पछिल्लो संशोधित तालिकाअनुसार ठेकेदारले २०७३ भदौभित्र सम्पूर्ण काम सक्नुपर्छ। तर, काम गराइको यही गतिले आउँदो ३/४ वर्षमा पनि आयोजना पूरा हुने सम्भावना देखिँदैन। भूकम्पले क्षति पुगेको पहुँचमार्ग निर्माण भइरहँदा भारतले नाकाबन्दी गरेकाले तोकिएको समयमा आयोजना नहुने सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले बताए, नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts