Sunday, December 27, 2015

सङ्कटमा पर्न थाले नेपालका डेरी उद्योग

रुपन्देही,पुष १२ । इन्धन आभवले पछिल्लो समय डेरी व्यवसाय नराम्रोसँग प्रभावित बनेको छ । नेपाल दुग्ध क्षेत्रमा आत्मनिर्भर बन्न थालेको बेला इन्धन सङ्कटले उद्योग सञ्चालन र लागतमा वृद्धि हँुदा नेपालमा डेरी उद्योग आंशिक रुपमा मात्र सञ्चालन भएको नेपाल डेरी सङ्घले जनाएको छ । सङ्घले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै भूकम्पले पारेको असर कम नहुँदै भारतीय नाकाबन्दीले गर्दा इन्धन अभाव हुँदा व्यवसाय नियमित र पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको जनाएको छ ।
नेपाल डेरी सङ्घका अध्यक्ष सुमित केडियाले डेरी उद्योग सञ्चालन गर्न इन्धन आभावले कठिनाई भइरहेको भन्दै दूध ढुुवानी र किसानको दानको लागतमा वृद्धि भएपछि उद्योग बन्द गर्नुको विकल्प नभएको बताए । भूकम्पले पारेको असर कम नहँुदै भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हँुदा व्यवसाय नियमित र पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको केडियाको भनाइ छ । नेपाल डेरी सङ्घमा आबद्ध १९७ उद्योग रहेका छन् । इन्धनको अभावले नियमित दूध सङ्कलन र प्रशोधनको काम हुन नसक्दा यसको ठूलो प्रभाव परेको उनले बताए ।
मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा ९ प्रतिशत योगदान गरेको डेरी व्यवसायलाई राज्यले ध्यान दिन नसकेको डेरी सङ्घका निवर्तमान अध्यक्ष मेघराज भण्डारीले गुनासो गरे । पछिल्लो समय दूधमा नेपाल आत्मनिर्भरतातर्फ गइरहेका बेला नाकाबन्दी र भूकम्पले कृषक र व्यवसायीलाई निराश बनाएको नेपाल डेरी सङ्घका केन्द्रीय महासचिव प्रलाद दाहालले बताए ।
मुलुकमा दैनिक ४८ लाख लिटर दूध उत्पादन भइरहेकोमा १५ प्रतिशत मात्र व्यावसायिक रुपमा प्रयोग हुँदै आएको छ । जसमा ५० प्रतिशत कृषक आफैले उपभोग गर्ने र बाँकी स्थानीयस्तरमा बिक्री वितरण हुने गरेको सङ्घले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts