Sunday, December 27, 2015

भारतसँग पराजित हुदै नेपाल समुह चरणबाटै बाहिरियो

काठमाडौं, पुष १२ । नेपाल भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको नेपाल समुह चरणबाटै बाहिरिएको छ । आइतबार साँझ भएको खेलमा आयोजक राष्ट्र भारतसँग ४–१ गोल अन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपालले खेलको तेश्रो मिनेटमा विमल घर्तिमगरको गोलमा अग्रता लिएपनि नेपालको यात्रा समुह चरणवाटै सकिएको छ । तर भारतले पहिलो हाफको २६ मिनेटमा बराबरी गोल फर्कायो । एक सून्य गोल अन्तरले पछि परेको स्थिति उल्टाउँदै भारतले दोस्रो हाफमा तीन गोल गर्‍यो ।

खेलको ६८ औँ मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाए । नेपालमाथि एकपछि अर्को आक्रमण बुनेको भारतका लागि ८१ औँ र ९० औँ मिनेटमा लालिनजुआलाले दुई गोल गरेपछि भारत ४–१ गोल अन्तरले विजयी भयो । नेपालको हारसँगै भारत र श्रीलंका सेमिफाइनल प्रवेश गरेका छन् । समुहको पहिलो खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको थियो भने भारतले श्रीलंकालाई २(० ले हराएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts