Monday, December 21, 2015

नेपालले अघि सारेको तीनबुँदे प्रस्तावको भारतद्धारा स्वागत

काठमाडौं,पुष ६ । मधेस समस्या समाधानका लागि नेपालको मन्त्रिपरिषद्ले आइतबार अघि सारेको तीनबुँदे प्रस्तावको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रस्तावको स्वागत गरेको हो । नेपालले घोषणा गरेको संविधानको स्वागत नगरेको भारतले संविधान संशोधन गर्ने निर्णयको भने स्वागत गरेको हो । परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आइतबारको मन्त्रिपरिषद् बैठकले मधेस समस्या समाधानका लागि गरेका केही महत्वपूर्ण निर्णयबारे जानकारी दिएका थिए ।

 

विज्ञप्तिमा भनिएको छ– ती निर्णयहरु राज्यका सबैअंगमा समानुपातिकरसमावेशी प्रतिनिधित्वको सिद्धान्त लागु गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा संविधान संशोधन गर्नका लागि भएको उल्लेख गर्दै राजनीतिक सहमतिका आधारमा प्रदेशको सीमांकन परिवर्तन गर्ने र नागरिकतासम्बन्धी मुद्धालाई सम्बोधन गरिने छन् । ‘भारत सरकार यो विकासक्रमको स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ ‘यसले नेपालमा भइरहेको वर्तमान समस्या समाधान गर्न सहयोग गर्नेछ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts