काठमाडौं,पुष ६ । निलम्बनमा परेका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त अख्तियार दुरुपयोग अनुुन्धान आयोगमा १० करोड रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगर्ले तोकेको एक घण्टामा नै धरौटी रकम बुझाएर वन्त छुटेका हुन् । वन्त सोमबार अख्तियारको कार्यालयमा वयान दिन पुगेका थिए । अख्तियारका अनुसन्धान अधिकृतले वन्तको वयान नसकिएको भन्दै हिरासतमा बस्न आग्रह गरे । तर, वन्तले धरौटी जति पनि तिर्छु, हिरासतमा बस्दिँन भनेपछि उक्त धौरौटी तोकिएको थियो ।
अख्तियार उच्च स्रोतका अनुसार सोमबार बयान लिँदा लिँदै नसकिएपछि अख्तियारले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन खोजेपछि उनले धरौटीमा रिहा हुने चाहना व्यक्त गरेका थिए। उनले अहिले उक्त रकम बराबरको बैंक ग्यारेण्टी लिएर अख्तियारमा गएका छन्। अख्तियारको सिफारिस पछि सरकारले वन्तलाई निलम्बन गरेर दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको कायममुकायम महानिरीक्षक नियुक्त गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्बन्धी ऐन २०४८ अनुसार अख्तियारले कुनै पनि आरोपिलाई बयानका लागि आफ्नो हिरसातमा राख्न वा उसलाई धरौटीमा छाड्न पाउँछ ।
No comments:
Post a Comment