Monday, December 21, 2015

मधेस आन्दोलनप्रति भारतीय राजदूतको टोन परिवर्तन

काठमाडौं,पुष ७ । मधेस आन्दोलनप्रति भारतीय राजदूत रन्जित रेको टोनमा अचानक परिवर्तन आएको छ । मधेसी मोर्चाका नेताहरुसँग सोमबार बिहान भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको अभावले आमजनतामा निराशा ब्याप्त भएको भन्दै आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई आग्रह गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्त ब्यक्त गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई निकाश दिन आग्रह गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts