Monday, December 21, 2015

एसएलसीमा लेटर ग्रेडिङ–शिक्षकले बुझेनन्, विद्यार्थीले पढ्नै छाडे

काठमाडौं,पुष ७ । सरकारले यस वर्षदेखि एसएसलीमा सहभागी विद्यार्थीको मूल्यांकन लेटर ग्रेडिङबाट गर्ने भनी गरेको निर्णयले विद्यालय तहमा अन्योल देखिको छ। विद्यार्थीसँग नजिक रहने शिक्षकले समेत यो प्रणलीका बारेमा जानकार छैनन्। लेटर ग्रेडिङबाट कसरी क्षमता मूल्यांकन गर्ने भन्ने बुझाउन नसक्दा विद्यार्थीले पनि पढ्न छोडेको सरोकारवालाहरुले बताएका छन्।

ग्रेडिङ गर्दा समूह डी र ईमा पर्नेले समेत माथिल्लो कक्षामा अध्ययन गर्न पाउने भन्दै विद्यार्थीले मेहेनत गर्नै छाडेको शिक्षक बताउँछन्। छोराछोरीले पढ्न छाडेपछि अभिभावक पनि यो पद्धतिका बारेमा बुझ्न विद्यालय धाउन थालेका छन्। ललितपुरको आदर्श सौल युवक उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले विद्यार्थी र अभिभावकसँग नजिक रहने शिक्षक नै लेटर ग्रेडिङको बारेमा अनभिज्ञ हरेको वताए।
परीक्षामा फेल पास नहुने भएपछि अभिभावकले यो प्रणालीको बारेमा चासो दिन थालेको उनले वताए। आजको कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts