Monday, December 21, 2015

आपूर्तिमन्त्री गणेशमान पुनले दिएकै चेक बाउन्स !

काठमाडौं,पुष ७ । खातावालाले चेकमा लेखिदिएको रकम खातामा नभएको अवस्थालाई ‘चेक बाउन्स’ भएको मानिन्छ । यसरी आफ्नो खातामा पैसा नै नरहेको अवस्थामा ‘बाउन्स’ हुने गरी चेक दिनु कानुनबमोजिम दण्डनीय रहेको छ । तर अहिलेका बहालवाला वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भने यस्तै गैरकानुनी कार्य गरेर ‘बाउन्स चेक’ दिएको खुल्न आएको छ ।

भारतीय नाकाबन्दीको समयमा चीन भ्रमणमा गएर पेट्रोलियम पदार्थ आयातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न भन्दै सुटुक्क चीन गएर आम नेपालीलाई केही आशाको सञ्चार गरेका मन्त्री पुनले आफ्नो एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको खाता नं ०१००५१६२०५७२० बाट एक व्यक्तिलाई २०७१ साल जेठ ३० गते काटेको आठ लाख ४१ हजार रूपैयाँको चेक ‘बाउन्स’ रहेको भेटिएको हो । यद्यपि विभिन्न कारण देखाउँदै मन्त्री पुनबाट पीडित व्यक्तिले आफ्नो नाम भने उल्लेख नगर्न आग्रह गरेका छन् ।

कुनै पनि चेक आफूले काटेको मितिले छ महिनासम्म साट्न सकिन्छ । तर, उनको एभरेष्ट बैंकमा रहेको सो चेकमा छ महिनासम्म पनि लेखिएको परिमाणमा रकम जम्मा नभएपछि आफूलाई फसाएको पीडितले बताएका छन् । आठ लाख रूपैयाँ छ महिनासम्म पनि नसाटिएको भन्दै अहिले मन्त्री भइसक्दा पनि आफूले उक्त परिमाणको पैसा नपाएको आरोप पीडितले लगाएका छन् । उक्त विषयमा आपूर्तिमन्त्री पुनसँग प्रतिक्रिया लिनखोज्दा सम्पर्क हुनसकेन । आजको आर्थिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts