Monday, December 21, 2015

विवादास्पद बनेकी एमाले सांसद गोल्छा प्रधानमन्त्रीबाटै सम्मानित

इटहरी,पुष ७ । आर्थिक लेनदेनका कारण विवादास्पद बनेकी एमाले सांसद् राज्यलक्ष्मी गोल्छालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य कार्यक्रममा सम्मान गरेका छन् । एमाले पार्टी तथा विभिन्न नेतालाई सात कराड रुपैयाँभन्दा बढी नगद दिएको अभिव्यक्तिपछि गोल्छा विवादमा आएकी थिइन् । एमालेले मधेसी महिलाको कोटामा उनलाई समानुपातिक सभासद् बनाएको थियो । तर, संविधान निर्माण प्रक्रियामा सहभागी नभएको र प्रधानमन्त्रीका लागि भएको मतदानमा अनुपस्थित रहेको भन्दै एमालेले गोल्छालाई सभासद्बाट राजीनामा दिन दबाब दिएपछि उनले सात करोड रुपैयाँ बुझाएको खुलासा गरेकी थिइन् ।

एमाले सुनसरीले सोमबार समाजका विभिन्न क्षेत्र र पार्टीभित्र योगदान गर्नेलाई सम्मान गरेको थियो । त्यसमा गोल्छा पनि परेकी हुन् , आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts