Monday, December 21, 2015

नेपाली युवती बलात्कार गर्ने ७ लाई भारतमा मृत्युदण्ड

नयाँदिल्ली,पुष ७ । गत फेब्रुअरी दोस्रो साता हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ । मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए । बलात्कारपछि उनको यौनांगमा ढुंगा, फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरीले अनुसन्धानमा अभियुक्तहरु पक्राउ परेका थिए ।

हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले सोमबार गरेको फैसलामा अभियुक्तहरु पदम, पवन, सुनील, सरवर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । यो घटना अनुसन्धानमा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts