Monday, December 21, 2015

चिनियाँ जहाज दुई महिनादेखि विमानस्थलमा‘ग्राउन्डेड’

काठमाडौं,पुष ७ । आन्तरिक उडान चुस्त बनाई उल्लेख्य व्यापार गर्ने लक्ष्यसहित राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका दुईमध्ये एउटा जहाज दुई महिनादेखि थन्किएको छ । कुनै प्राविधिक समस्या भएर जहाज थन्किएको भने होइन, यो जहाज उडाउन आवश्यक प्रशिक्षक पाइलट (आईपी) नहुँदा दुई महिनादेखि त्रिभुवन विमानस्थलमा ‘ग्राउन्डेड’ छ । चिनियाँ जहाज निर्माता कम्पनि हार्बिन एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनी लिमिटेडबाट आएका लाओसका आइपीको म्याद सकिएपछि उक्त जहाज थन्किएको हो ।

जहाज निर्माताले १८ सिटयुक्त भने पनि १७ यात्रु अट्ने ‘वाई १२–ई’लाई उडाउन निगम व्यवस्थापनले दुई महिनादेखि प्रशिक्षक पाइलट व्यवस्था गर्न सकेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts