Saturday, December 12, 2015

कोइराला निवास धाउन छाडे सिटौला,सम्बन्ध औपचारिकतामा सिमित

काठमाडौं,मंसिर २७ । गत असाेज २४ मा सम्पन्न प्रधानमन्त्रीको निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाको सम्बन्ध सामान्य औपचारिकतामा सिमित छ । पछिल्लो समय सिटौला कोइराला निवास धाउन छाडेका छन् । १३ औं महाधिवेशन नजिकिदै गर्दा कोइराला र सिटौलाको सम्बन्धमा झनै दरार आउने संकेतहरु देखिन थालेका छन् ।

झापाको राजनीतिमा सिमित गिरिजाप्रसाद कोइरालाको सामिप्यबाट सिटौलाले राजनीतिक उचाई लिएका हुन् । उनको निधनपछि सुशीलको विश्वासपात्रको रुपमा उनी भित्रिए । गिरिजाप्रसादको निधनपछि नेतृत्वको संक्रमणकालीन चरणमा सुशील सिटौलाकै भरमा थिए । सिटौलाले पनि विश्वासपात्रकै रुपमा सुशीललाई सघाए । त्यही विश्वासले १२ औं महाधिवेशनपछि सिटौलाले महामन्त्रीको जिम्मेबारी पनि पाए ।

तर, यो घनिभूत सम्बन्ध लामो समय टिकेन । सिटौला चाहन्थे, कोइराला सानो कोटरीबाट बाहिर निस्केर आफ्नो सुझाव अनुसार चलुन् । तर प्रधानमन्त्री निर्वाचनसम्म आइपुग्दा सिटौलाको सुझाव उनले मानेनन् । पार्टीमा उनी सानै कोटरीमा रमे । सरकारको नेतृत्वमा छँदा महेश आचार्य, नरहरी आचार्य र मिनेन्द्र रिजाल सुशीलका सहयोगीको रुपमा भित्रिए । आफ्नै समूहभित्र जो सिटौलालाई मन पराउदैनथे उनीहरुकै आग्रह बमोजिम कोइराला पछिल्लोपटक सिटौलालाई दुरीमा राख्न थाले । कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts