Saturday, December 12, 2015

नेपाली उड्डयन क्षेत्रका तीन वर्षे प्रयास फेरि बिफल,युरोपमा नेपाली उडान कालोसूचीमै

काठमाडौं, मंसिर २७ । युरोपेली आयोगको कालोसूचीबाट बाहिर निस्कन नेपाली उड्डयन क्षेत्रका झन्डै तीन वर्ष लामो प्रयास फेरि बिफल भएको छ । युरोपेली आयोगले युरोपेली युनियन (इयु) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको इयु हवाई सुरक्षा सूची अद्यावधिक गर्दै नेपालमो कालोसूचीलाई पुनः निरन्तरता दिएको हो ।

‘इयु हवाइ सुरक्षा सूचीमा विभिन्न देशका नागरिक उड्डयन निकाय र ती देशका वायुसेवा कम्पनीहरुले उड्डयन क्षेत्रमा गरेको सुधार सन्तोषजनक देखिएन,’ युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा इयुको यातायात हेर्ने प्रमुख भायोलेडा बल्कको भनाइ छ,‘त्यसकारण पछिल्लोपटक कालोसूचीलाई निरन्तरता दिइएको छ । काजकस्तान सूचीबाट नहटे पनि यसको वायुसेवा एयर अस्टाना ६ वर्षको प्रयासपछि यसपालि बाहिर निस्कन सफल भएको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts