एजेन्सी,मंसिर २७ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोना डिप्रोटिभो डी ला कोरुनासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई डिप्रोटिभो डी ला कोरुनाले २–२ को बराबरीमा रोकेको हो । ३९ औं मिनेटमा लियोनल मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएपनि खेलको ६२ औं मिनेटमा इभान रेकिटिकले बार्सिलोनाको अग्रता दोब्बर पारे । २–० ले पछि परेको अवस्थामा ला कोरुनाले अन्तिम १४ मिनेटमा दुई गोल गर्दै बार्सिलोनालाई बराबरीमा रोक्यो । ७७ औं मिनेटमा पेरेज मार्टिनेजले ला कोरुनाका लागि पहिलो गोल गरे भने ८६ औं मिनेटमा बरगेन्टिनोज गार्सियाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । बराबरीपछि पनि शीर्ष स्थानमा रहेको बार्सिलोनाको १५ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेका एथ्लेटिको मड्रिड र रियल मड्रिड ३२ तथा ३० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment