Saturday, December 12, 2015

डीआइजीको सरकारी निवासमा युवतीहरुको भीड !

काठमाडौ,मंसिर २७ । त्रिभुवन विमानस्थल सुरक्षागार्डका प्रमुखको निवासमा युवती तथा महिलाहरुको भीड लाग्ने गरेको रहस्य सार्वजनिक भएको छ । त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थको सिनामंगलस्थित सरकारी निवास तथा गौचरणस्थित उनको कार्यालयको कार्यकक्षमा युवतीहरुको आवतजावत बाक्लिँदै गएको खुल्न आएको हो ।

स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगम, बुद्ध एयर, यति एयरलाईन्स, त्रिभुवन विमानस्थल भन्सार तथा मेडिकल हेल्पडेस्कमा कार्यरत केही युवती तथा महिलाहरुको बास नै डीआईजी कायस्थको कार्यालय तथा सिनामंगलस्थित निवासमा हुने गरेको छ ।

नर्भिक अस्पतालको तर्फबाट विमानस्थलस्थित मेडिकल हेल्पडेस्कमा कार्यरत एक स्टाफ नर्स र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत एक शाखा अधिकृत महिलासँग डीआईजी कायस्थको विशेष हिमचिम रहेको विमानस्थल स्रोतको दाबी छ । कायस्थले ती दुई महिलालाई आफ्नै श्रीमतीजस्तो व्यवहार गर्ने गरेको तथा साँझपख पालैपालो आफ्नो निवासमा बोलाएर अनैतिक सम्बन्ध राख्ने गरेको कायस्थको निवासको सुरक्षामा कार्यरत एक प्रहरी जवानले जानकारी दिएका छन् ।

उनका अनुसार ती दुई महिला दिनभर प्रायःजसो आफ्नो ड्युटीमा भन्दा बढी समय डीआईजी कायस्थको कार्यालय वा निवासमा देखिन्छन् । उनीहरुका अलावा विभिन्न एयरलाइन्समा कार्यरत युवतीहरु समेत कायस्थको निवासमा आवतजावत गर्ने गरेका छन् । त्यसो त नर्भिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी महिला र भन्सारमा कार्यरत शाखा अधिकृतसँग लसपस रहेको खबर कायस्थकी पत्नीसम्म पुगिसकेको स्रोतको दाबी छ । सोही कारण कायस्थ दम्पतीबीच केही खटपट परेको कारण काठमाडौंमै घर भएका डीआईजी कायस्थ घरमा नगई अनेक बहानामा सरकारी निवासमा युवती लिएर मस्ती गर्ने गरेको स्रोतले जानकारी दिएको छ । उक्त विषयमा टेलिफोनमार्फत प्रतिक्रिया लिनखोज्दा डीआईजी कायस्थले फोन ‘रिसिभ’ गरेनन् । आजको जनमञ्च साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts