Saturday, December 12, 2015

चीन भ्रमणमा गएका आफन्तहरु भूकम्प पीडित नै हुन् – गृहमन्त्री

काठमाडौं,मंसिर २७ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले चीन भ्रमणमा गएका आफन्तहरु भूकम्प पीडित नै भएको दावी गरेका छन । उनले भ्रमण टोलीमा भूकम्प प्रभावितलगायत भूकम्पलगत्तै राहत र उद्दारमा खटिएका ब्यक्तिहरु नै परेको जिकिर गरे ।

‘भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै यस्तो कार्यक्रममा पठाउने होईन, राहत उद्दारमा क्रियाशिल यूवाहरुलाई समेत आफ्नो अनुभव साटासाटका लागि पठाउने हो,’ बस्नेतले भने, ‘त्यसैअनुरुप सचिवालयलाई जिम्मेवारी दिईएको थियो । मेरो मान्छेहरु पनि भूकम्पमा परिचालित भएका ब्यक्ति हुन् ।’कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts