Saturday, December 12, 2015

प्रचण्ड भन्छन् -‘ओली र मन्त्रीहरुका कार्यशैलीले मुलुक नै अकर्मण्यतामा अलमलियो’

काठमाडौं, मंसिर  २७ ।  एमाओवादीले सरकारका काम कार्वाहीप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका कार्यशैलीले मुलुक नै अकर्मण्यतामा अलमलिएको बिश्लेषणसमेत गरेको छ। सरकार गठन भएको दुई महिना भित्रै सत्ता साझेदार दलबाट यस्तो बिश्लेषण आएको हो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
‘प्रधानमन्त्री केपी ओलीजी सुतेर बस्नु भएको छ। उहाँको शिथिलताले मुलुक नै सुतेको जस्तो भएको छ। अन्यौल र अकमण्यतामा अलमलिएको छ,’ अध्यक्ष दाहालले बैठकमा भनेका थिए। उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ‘समग्र सरकार र हाम्रो पार्टीले सम्हालेका मन्त्रालयका बारेमा समीक्षा भयो।

सरकारका काम कार्वाहीबाट सन्तुष्ट हुन सकिन्न भन्ने निष्कर्षमा हामी पुगेका छौ। आलोचनात्मक समीक्षा हुने क्रममा छलफल अझै पनि जारी छ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts