काठमाडौं,पुष ११ । नेपाली कांग्रेस र एकीकृत माओवादीको प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ । शनिबार कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको त्रिपक्षीय बैठकमा प्रदेश सीमाकंन र नागरिकताको विषयलाई निश्चित समय सीमाभित्र टुंगो लगाउने गरी संविधान संशोधनको प्रस्ताव पारितका लागि सहयोग गर्न गरेको आग्रह मोर्चाले अस्वीकार गरेको हो ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले भने सबै विषयलाई प्याकेजमै सम्बोधन गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाउनु पर्ने अडान राखेका थिए । बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमाकंनको विषयलाई तत्काल टुंग्याउनु पर्ने अडान राखेको स्रोतले बतायो । साँझ ६ बजेदेखि बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताको बैठक आइतबार पुनः बस्ने गरी टुंगिएको हो । शनिबार दिनभर भएको द्धिपक्षी तथा बहुपक्षीय छलफलपछि त्रिपक्षीय बैठक बसेको थियो ।
No comments:
Post a Comment