Saturday, December 26, 2015

अफगानिस्तान र माल्दिभ्स सेमिफाइनलमा

काठमाडौं,पुष ११ । डिफेण्डिङ च्याम्पियन अफगानिस्तान र माल्दिभ्स साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिवेन्द्रम रंगशालामा भएको समुह बी अन्तर्गतको दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ३-१ ले हराउँदै र डिफेण्डिङ च्याम्पियन अफगानिस्तानले भुटानलाई ३-०गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेश र भुटान भने समूह चरणबाटै बाहिरिएको छ ।माल्दिभ्सले खेलको ४२ औँ मिनेटमा अलि अस्फाकले गोलले अग्रता लियो ।
खेलको ८८ औँ मिनेटमा बंगलादेशका लागि टपुले गोल गरेर बराबरीमा लेराए । त्यसको दुई मिनेट पछि नै माल्दिभ्सका हसनले गोल गरेर खेल २–१ मा पुर्‍याए । निकै रोमाञ्चक खेलको इन्जुरी समयमा नासिदले गोल गर्दै माल्दिभ्सलाई ३–१ को जित दिलाए ।
अर्को खेलमा खैबर अमानीको दुई गोलको मदतमा डिफेण्डिङ च्याम्पियन अफगानिस्तानले भुटानलाई ३-० ले हरायो । १४ औं मिनेटमा अमानीले गोलको खाता खोले । ४३ औं मिनेटमा मसी साइघानेले गोल गर्दै पहिलो हाफमा अफगानिस्तानलाई २-० को अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा अमानीले दोस्रो गोल गरे । खेलमा थप गोल हुन सकेन र अफगान विजयी भयो । लगातार दुई खेल जितेको अफगानिस्तान र माल्दिभ्सको समान ६-६ अंक भएको छ । अफगानिस्तान र माल्दिभ्सको खेलले समूह बीको विजेता टुंगो लाग्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts