Sunday, December 27, 2015

ठूला नेताका गफै ठूला,अहिलेसम्म संविधान बुझाउन तराई झरेनन्

काठमाडौं,पुष १२ । मधेस आन्दोलनबाट बढी प्रभावित तराईका ८ जिल्लामा अझै पनि संविधानको विशेषता बुझाउने राष्ट्रव्यापी प्रचारात्मक अभियानअन्तर्गत एउटा पनि कार्यक्रम हुन सकेन । ‘नेपालको संविधान जनतामाझ, जनताको संविधान जनतामाझ’ नाराका साथ स्थानीय विकास मन्त्रालयको संयोजनमा सो अभियान सकिन अब ९ दिन मात्र बाँकी छ । अभियानको आधा समय बितिसक्दा पनि उपत्यकाका २२ वटा नगरपालिकासहित हालसम्म २१ जिल्लामा मात्र कार्यक्रम सकिएको छ ।

ती जिल्लाहरूमा सञ्चालित अभियानअन्तर्गत कार्यक्रमहरू पनि प्रभावहीन देखिएपछि जनताको संविधान जनतामाझ भन्ने नारा नारामा मात्रै सीमित भएको स्वयं मन्त्रालयका अधिकारीहरूको बुझाइ रहेको छ । सरकारले संविधानबारे मधेसीलगायत, आदिवासी जनजाति र महिलाहरूमा भ्रम रहेको निष्कर्ष निकालेर सो अभियान थालनी गरेको हो । यस अभियानमा प्रमुख दलका शीर्ष नेताहरुले अहिलेसम्म चासो नै दिएका छैनन् । उनीहरु अहिलेसम्म प्रचार अभियानका लागि तराई झरेकै छैनन् । नेपाल समाचारपत्रमा समाचार छ ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts