Sunday, December 27, 2015

प्रधानमन्त्रीसँग दाहाल र रायको भेटवार्ता

काठमाडौं,पुष १२ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटमा उनीहरुबीच मधेस विषयमा छलफल भएको स्रोतले बताएको छ ।

एमाओवादीका अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक समितिका संंयोजकका हैसियतले प्रधानमन्त्रीाई विभिन्न राजनीतिक दलसँग भएका छलफल, मधेस केन्द्रित दलले उठाएका मागका सम्बन्धमा नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका वार्ताबारे जानकारी गराएका छन् । वरिष्ठ उपाध्यक्ष रायले तराई मधेसका अहिलेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए भने प्रधानमन्त्रीले समस्या समाधानका लागि आफु गम्भीरतापूर्वक लागिपरेको बताएका थिए ।

प्रधानमन्त्रीले समस्या समाधानका लागि आफू गम्भीरतापूर्वक लागिपरेको बताएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts