विराटनगर,पुष ११ । बिराटनगरको रानी भन्सारमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडप सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरीसँगको झडपमा घाइते भएका छन् । जोगवनी नाका थुन्न पुगेका महतोलाई पक्राउ गर्न खोजेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले हानेको लाठीले लागेर महतोको टाउको फुटेको छ । प्रहरीसँगको झडपमा घाइते भएर भारततर्फ भागेका महतोको जोगवनीको एक क्लिनिकमा उपचार गरिएको छ ।
मधेसी मोर्चाले प्रहरीको लाठी लागेर खुट्टा र जिउमा पनि चोट लागेको दाबी गरेको छ । झडपका क्रममा मधेसी मोर्चाका अर्का नेता दिलिप धाडेवासहित ६ जना बढी कार्यकर्ता घाइते भएका छन् ।
No comments:
Post a Comment