काठमाडौं, मंसिर २६ । नाकाबन्दीका कारण कर्जा प्रवाह कम हुँदा बैंक तथा वित्तीय संस्थामा व्यवस्थापन गर्न गाह्रो हुने गरी लगानीयोग्य रकम थुप्रिएको छ । अहिले वाणिज्य बैंकहरु एक खर्ब रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छन् । राष्ट्रबैंकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकसँग १५ अर्ब सात अर्ब रुपैयाँ निक्षेप रहेको अन्नपूर्ण पोस्टमा खबर छ । यो रकम विदेशी मुद्रामा भएको निक्षेपसहितको हो । अहिले निक्षेपका आधारमा बैंकहरुसँग एक खर्ब रकम कर्जा लाग्न नसकी थुप्रिएको छ ।
‘अहिले कर्जा प्रवाह ठप्पप्रायः भएको छ, नेपाल बैंकर संघका उपाध्यक्ष रत्नराज बज्राचार्य भन्छन्, ‘विगतमा पनि सरकारले लक्ष्य लिएअनुसारको आन्तरिक ऋण उठाएको थिएन। ऋणपत्र आउने सम्भावना पनि छैन। यसले गर्दा बैंकहरूलाई तरलता व्यवस्थापन गर्न समस्या भएको छ।’ तराईका जिल्लामा भल्टमा भएको पैसा पनि व्यवस्थापन गर्न समस्या हुने स्थिति उनले दर्साए। नाकाबन्दीका कारण नयाँ कर्जाको माग स्वात्तै घटेको छ भने विकास निर्माणको काम ठप्प हुँदा सरकारी खातामा करिब १ खर्ब रुपैयाँ निष्क्रिय भएर बसेको छ । यसले गर्दा सरकारले कुनै पनि ऋणपत्र सार्वजनिक गर्ने सम्भावना छैन।
No comments:
Post a Comment