Saturday, December 12, 2015

टेलिकमले ल्यायो एक महिने बोनस अफर

काठमाडौं,मंसिर २६ । नेपाल टेलिकमले रिचार्जमा एक महिने बोनस अफर ल्याएको छ । आईतवार देखि लागूहुने गरि जीएसएम तथा सीडीएमए प्रिपेड सेवाको लागि रिचार्ज गर्दा बोनस पाउने सुविधा ल्याएको हो ।
नेपाल टेलिकमको प्रवक्ता प्रतिभा बैद्यका अनुसार २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउछन् । त्यसैगरी, एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने छ । इलेक्ट्रोनिकमार्फत वा एमपीओएस मार्फत रिचार्ज गर्दा आइतवारदेखि पुस महिनाभर लागू हुनेगरी बोनस सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts