काठमाडौं,मंसिर २६ । कांग्रेसका दुई शीर्ष नेता शेरबहादुर देउवा र रामचन्द्र पौडलबीच राजधानीको एक कार्यक्रममा भनाभन भएको छ । प्रधानमन्त्री निर्वाचनलगायत राष्ट्रपति र सभामुखको पदको निर्वाचनमा पार्टीले पराजय बेहोरेको विषयमा दुई नेताबीच आरोप प्रत्यारोप चलेको हो । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले शनिबार काठमाडौमा गरेको कार्यक्रममा देउवाले सभापतिको प्रस्तावक नबस्दा सभापतिकै विरोध गरेजस्तो हुने भएकाले कार्यकर्तासामु त्यस्तो सन्देश नजाओस् भनेर आफू प्रस्तावक बसेको स्पष्टोक्ति दिँदै पद गुमाए पनि काँग्रेसले राजनीति नहारेको बताएका छन् ।
उपसभापति पौडेलले प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको पद गुमाएपछि आम कार्यकर्ताले नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सती जान नसक्ने भएकाले काँग्रेसले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएको भन्दै यसबारे सभापति कोइराला र वरिष्ठ नेता देउवाले कार्यकर्तालाई प्रष्ट नपार्नु कार्यकर्तामाथिको अपमान भएको बताए। उनले प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको पद गुमाएपछि आम कार्यकर्ताले नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेको भन्दै चुनाव लड्ने र चुनाव लड्नका लागि प्रस्ताव गर्नेले कार्यकर्तालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए।
No comments:
Post a Comment