Wednesday, December 16, 2015

नेपालले आज बंगलादेशसंग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं,पुष २ । साफ च्याम्पियनसीप फुटबलको तयारीमा रहेको नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ । मैत्रीपूर्ण खेल तथा तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले ढाकामा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबिचको मैत्रिपूर्ण खेल ढाकाको बंगाबन्धु रंगशालमा नेपाली समय अनुसार बेलुका पौने पाँच बजे सुरु हुनेछ । पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीमा हरेका दुवै टिमले मैत्रिपूर्ण खेल तयारीका लागि महत्वपूर्ण हुने जनाएका छन् ।

नेपाली टोली दुई महिनादेखि प्रतियोगिताका लागि प्रशिक्षणमा जुटेको थियो । नेपाली राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले अभ्यास खेल दुवै टिमका खेलाडीका लागि फाइदाजनक हुने बताए । मैत्रिपूर्ण खेलले साफमा हुन सक्ने गल्ती सुधार गर्ने मौका दिने कप्तान गुरुङले बताए । दक्षिण एसियाका सात देश सहभागी रहेको साफ च्याम्पियनसिपमा समुह ए मा रहेको नेपालले पहिलो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्ने छ ।

यस्तै दोस्रो खेलमा पुस १२ गते भारतसँग खेल्नेछ । समुहको शीर्ष दुई मा पर्न सके नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने छ । बंगलादेश रहेको समुह बी मा अफगानिस्तान, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको अन्तिम तयारीका लागि बंगलादेश गएको नेपाली टिम त्यतैबाट भारतको केलरा जानेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts