काठमाडौं,पुष २ । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणको अभियानमा रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अहिले सम्मकै सफलता मिलेको छ । नेपाली कांग्रेसका नेता प्रदीप गिरी र पूर्वअर्थसचिव रामेश्वर खनालसमेत नयाँ शक्तिमा लागेपछि उनलाई ठूलो सफलता मिलेको हो ।
कांग्रेसका विचारक प्रदीप गिरी र पूर्व अर्थसचिव रामेश्वर खनाल समेत सहकार्य गर्न तयार भएका छन् ।
नयाँ शक्ति अभियानमा विभिन्न राजनीतिक दलका नेताहरुदेखि कलाकारसम्म लागेको घोषणा गरेका छन् । वैकल्पिक विचार मञ्च केशव दाहाल, डा. केशवमान शाक्य, जनजाति अगुवा पासाङ शेर्पा, नेपाल कम्युनिष्ट पार्टी तिलक थापा मगर, पूर्व स्वास्थ्य सचिव डा। प्रविण मिश्र, अभिनेता सरोज खनाल अनुसन्धानकर्ता भाष्कर गौतम लगायतले पनि नयाँ शक्ति अभियानमा लागेको घोषणा गरेका छन् ।
त्यसैगरी विवेकशील नेपाली भनेर चर्चामा रहेका अभियान्ता उज्जवल थापा र अभिनेता सरोज खनालले समेत बाबुरामलाई साथ दिने भएका छन् । नयाँ शक्ति निर्माण अभियानका संयोजक डा। भट्टराईसँगको छलफलपछि उनीहरुले नयाँ शक्तिमा लाग्ने समझदारी कायम गरेका हुन् ।
No comments:
Post a Comment