काठमाडौं,पुष २ । भूकम्पपछिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली भूकम्प प्रभावित जिल्लाहरु भ्रमणमा निस्किएका छन् । वैशाख १२ को भूकम्पको केन्द्र बारपाकका साथै लाप्राकसहितका स्थानको अवलोकन गर्न ओली बिहीबार विहान गोरखा गएका छन् । बारपाकमा उहाँले भूकम्प पीडितसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । त्यहाँबाट प्रधानमन्त्री तिब्बतसँग सीमा जोडिएको छेकम्पार गाविस पुग्नुहुनेछ ।
‘सरकारले भूकम्प प्रभावितहरुका लागि सामूहिक आवास बनाउने भन्ने निर्णय गरिसकेको छ प्रधानमन्त्रीले भुकम्प प्रभावितहरुको अवस्था र त्यसको सम्भावनाबारे अध्ययन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली बुधबार रसुवा पुगेका थिए ।
No comments:
Post a Comment