काठमाडौं,पुष २ । पटक–पटक क्षेत्राधिकारविपरीत काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम सुरु गरेको छ । अख्तियारले बुधबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छानबिन तथा अनुगमन टोली खटाएको हो । एक महिनासम्म त्यहाँ खटिने उक्त टोलीका कारण विमानस्थलमा कार्यरत कर्मचारी आतंकित बनेका छन् ।
सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार वा अख्तियार दुरुपयोग गरे अनुसन्धान गरी कारबाही अघि बढाउने क्षेत्राधिकार पाएको अख्तियारले क्षेत्राधिकारबाहिर गएर विमानस्थलमा टोली खटाएको हो । विमानस्थलमा अनियमितता र लापरबाही बढ्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै आयोगले सहसचिव नेतृत्वमा अनुगमन तथा छानबिन टोली खटाएको आजको नागरिक दैनिकमा खबर छ ।
No comments:
Post a Comment