Wednesday, December 16, 2015

काठमाडाैंमा मात्रै दैनिक ५० हजार लिटर तस्करीको इन्धन, पूर्वमन्त्री अनिल झा पनि तानिने

काठमाडौं,पुष २ । उपत्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको छ । उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।
महानगरीय प्रहरी महाशाखाका एसपी पोषराज पोखरेलका अनुसार सामान्य अवस्थाभन्दा करिब ७० प्रतिशत सवारीसाधन चलेका छन् । ‘कोटेश्वर, कलंकीजस्ता स्थानमा जाम हुन थालेको छ,’ उनले भने ‘सडकमा सवारीको चाप दिनप्रतिदिन बढ्दो छ ।’
पर्सा, चितवन, झापा, भैरहवालगायतका नाकाबाट तस्करी हुने इन्धनका कारण यसरी सवारीसाधनको संख्या बढेको हो । विभिन्न प्रहरी निकायबाट लिइएको तथ्यांकअनुसार उपत्यकामा मात्रै दैनिक ५० हजार लिटर तस्करीको इन्धन भित्रने गरेको छ ।

पूर्वमन्त्री अनिल झा पनि तानिने

पेट्रोलपम्पहरुको ठगीमा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री अनिल झाको पनि मिलेमतो रहेको खुलेको छ ।
पटकपटक मन्त्री बनेका झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् । प्रहरी अनुसन्धानमा गुणस्तर तथा नापतौल विभागका तत्कालीन महानिर्देशक रामआधार साहले झासँगै मिलेर ठगी गरेको खुलासा भएको हो ।
आइतबार पक्राउ परेका साहविरुद्ध मुद्दा दायर भइसकेको छ । सहसचिव साह हाल विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा कार्यरत रहेको नयाँ पत्रिकामा खबर छ । ‘सहसचिव महानिर्देशक हुने कार्यालयमा तत्कालीन मन्त्री झाले उपसचिव रहेका साहलाई निमित्त महानिर्देशन बनाएर पठाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने -‘पक्राउ अभियुक्त तथा विभिन्न व्यक्तिसँग बुझ्दा मन्त्री र तत्कालीन महानिर्देशक साह मिलेर ठगी गरेको बुझिएको छ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts