Thursday, December 17, 2015

रणवीर र क्याट्रिनाबीच खटपट, ब्रेकअपको सम्भावना

एजेन्सी । बलिउडको रोमान्टिक जोडीका रुपमा परिचित रणवीर कपुर र क्याट्रिना कैफको खटपट सुरु भएको छ । यी दुईको सम्बन्धलाई लिएर भारतीय मिडियामा चर्चा चल्न थालेको छ । हाल यी दुवै अलगअलग फिल्ममा अभिनय गर्नका लागि लण्डनमा छन् । उनीहरुको ब्रेकअपको कारण अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ, जो कुनै समयमा रणवीरकै प्रेमिका थिईन् । रणवीर र दीपिका अभिनित फिल्म ‘तमाशा’को प्रमोसनका बेला रणवीर दीपिकासँग नजिकिएपछि क्याट्रिना चिढिएकी थिईन् । क्याट्रिना चिढिएसँगै रणवीर र क्याट्रिनाबीचको सम्बन्ध ब्रेकअपको अन्तिम संघारमा पुगेको छ ।

प्रमोसनका बेला दीपिका र रणवीर दुवैले अझै पनि दुवैको हृदयमा प्रेम रहिरहेको बताएपछि क्याट्रिनाको मनमा झन चिसो पसेको मिडियाले उल्लेख गरेका छन् । रणवीर ‘ए दिल है मुस्किल’ र क्याट्रिना ‘फितूर’को सुटिङमा व्यस्त छन् । केही दिन पहिले एक पार्टीमा क्याट्रिनाले रणवीरका पिता ऋषिलाई ‘पापा’ भनेर बोलाएपछि दुई बीच चाँडै नै विवाह हुँदैछ भन्ने अड्कल काटिएको थियो । यी दुवै लिभ–इन टुगेदरमा बस्छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts