काठमाडौं,पुष २ । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ । अख्तियारको छानबिन दायरामा रहेका वन्तलाई निलम्बिनका लागि सिफारिस गरेको अख्तियार स्रोतले बताएको छ । अख्तियारले उनीमाथि लागेको अभियोगबारे थप केही खुलाएको छैन । अकुत सम्पत्ति कमाएको आरोपमा वन्तको सम्पूर्ण खाताहरु रोक्का राखि अख्तियारले छानबिन थालेको समाचार यसअघि पनि बाहिर आएको थियो ।
प्रहरीमा प्राविधिक पृष्ठभूमी भएका वन्त एक पटक पनि शान्ति मिसन गएका छैनन् । त्यसकारण तलब बाहेक उनको प्रहरी सेवामा कुनै बैधानिक कमाई छैन । तर सम्पत्ति करोडौं देखिएपछि आयोगले छानबिन थालेको थियो । आयोगमा लोकमानसिंह कार्की नियुक्त भएलगत्तै उनले अकुत सम्पत्ति छानबिनमा सार्वजनिक गरेको लिष्टमा वन्तको अग्रस्थानमा थियो ।
No comments:
Post a Comment